चीनमा कुकुर-बिरालालाई पनि मास्क

असोज १५,एजेन्सी ।
कोरोना भाइरसका कारण अहिलेसम्म झण्डै ६५ हजार मानिस संक्रमित भएका छन् । चीनमा मृत्यु हुनेको संख्या १५ सय पुगेको छ । अन्य देशमा पनि ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । कोरोना भाइरसका कारण आम मानिस मात्र होइन, जनावरको चिन्ता पनि हुन थालेको छ ।कोरोना भाइरसको असर जनावरमा पनि पर्छ ।

जनावरबाटै मानिसमा सरेको चिकित्सकको भनाइका आधारमा चीनका मानिसले घरपालुवा जनावरलाई पनि मास्क लगाइदिन थालेका छन् । कुकुर, बिरालाले पनि मास्क लगाएको दृश्य अहिले संसारभर भाइरल बनेको छ ।हिड्डुल गर्दा पनि मानिसले मास्क लगाएका कुकुर बिराला हिडाइरहेको दृश्य देखिएको छ । सुरुमा घरपालुवा जनावर मार्ने अभियान नै चलेको थियो । तर अहिले चिनियाँ नागरिकले आफ्ना घरमा पालेका जनावरलाई मास्क र अन्य सुरक्षित कपडा लगाइदिन थालेका छन् ।

 

 

 

Translate »