मंगल ग्रहमा भुमिगत तीन ताल भेटिए

असोज १५,लन्डन / एजेन्सी ।
बैज्ञानिकहरुले मंगल ग्रहको दक्षिण धु्रव नजिक तीनवटा भुमिगत ताल फेला पारेका छन् । साथै तिनीहरुले अर्को एउटा ताल पनि हुनुपर्ने विश्वास गरेका छन् । मंग्रग्रहमा ताल हुनुपने अनुमान बैज्ञानिकहरुले सन् २०१८ मा नै गरेका थिए । जैविक अस्तित्वका लागि तरल पानीको अत्यन्तै ठूलो महत्व हुन्छ । त्यसैले ताल फेला परेकाले सौयै प्रणालीका कुनै ग्रहमा जिवको संभावित अस्तित्वबारे अध्ययन गरिहेका अनुसनधानकर्ताहरुका लागि यो निकै ठूलो रोचक विषय हुन सकछ । तर ति तालहरु निकै अत्यन्तै नुनिलो भएको अनुमान गरिएको छ । जसको कारण त्यहाँ कुनै पनि सुक्ष्म जैविक अस्त्विवले निरन्तरता पाउनु कठिन हन्छ । मंगल ग्हको पातलो वायुमण्डलको अर्थ त्यसको सतहमा तरल पानी हुनु करिव करिव असंभव नै हुन्छ । तर जमिन मुनि भने तरल पानी हुन सक्छ ।

यो पछिल्लो तथ्य युरोपेली अन्तरिक्ष निकाय ( एसा )को मार्स एक्सप्रेस अन्तरिक्ष यानमा जडित एक रडार उपकरणको डाटा प्रयोग गरेर पत्ता लगाइएको हो । यो यानले सन् २०१३ देखि रातो ग्रह अर्थात मंगल ग्रहको परिक्रमा गरिरहेको छ । सन् २०१८ मा अनुसन्धानकर्ताहरुले मार्सिस रडारको डाटा प्रयोग गरेर मंगल ग्रहको दक्षिण ध्रुवदेखि १ दशमलव ५ किमि टाढा २० किमि फराकिलो भुमिगत ताल हेको संकेत दिएका थिए । सो धु्रवमा हिंय र धुलोको बाक्लो तह जम्मा भएको छ । पत्ता लगाइएको यो तथ्य मार्सिसले सन् २०१२ देखि २०१५ बिच संग्रह गरेको २९ वटा अवालोकनमा आधारित छ । साथै सन् २०१८ कै अध्ययनका बैज्ञानिकहरुले सन् २०१० देखि २०१९ बिच संकलित १ सय ३४ वटा रडार प्रोफाइलका डाटा सेटको निकै विश्लेषण गरेका छन् ।

 

Translate »