अदालतमा अनिल अम्बानीको जवाफ : कानुनी शुल्क तिर्न गहना बेचेँ !

असोज १३,लण्डन ।
व्यवसायी अनिल अम्बानीले बेलायतको अदालतमा आफू सामान्य जीवन यापन गरिरहेको र एउटा मात्रै कार प्रयोग गर्ने वयान दिएका छन् । यस्तै उनले कानूनी शुल्क तिर्न परिवारसँग रहेको गहना बिक्री गर्नुपरेको पनि बताएका छन् । अम्बानीले २०२० को जनवरीदेखि जुनसम्म सुनबाट ९ दशमलब ९ करोड रकम हात पारेको स्पष्टिकरण दिए । उनीसँग भएको महंगो र विलाशी कारको बारेमा सोध्दा आफूसँग विलाशी कार भएको कुरा निराधार र मिडिया प्रचारवाजी मात्रै भएको बताए । ‘यी सबै मिडियाका बनावटी काहानी हुन् । मैले कहिल्यै पनि रोल्स–रोयस लिएको छैन ।

हाल मसँग एउटा मात्रै कार छ,’ अम्बानीले भने । बेलायतको उच्च अदालतले २०२० मे २२ मा अनिल अम्बानीलाई जुन १२ सम्म तीनवटा चिनियाँ बैंकलाई ५,२८१ करोड ऋण तिर्न आदेश दिएको थियो । अनिलले बैंकबाट ५०० करोड आमाको नामबाट र ३१० करोड छोरा अनमोलको नामबाट ऋण लिएका थिए । अनिललाई शुक्रबार यूकेको अदालतले सोधपुछ गर्ने क्रममा आफू सामान्य जीवन यापन गर्दैआएको र आफ्नी पत्नीसँग भएको सुन समेत बिक्री गरेको जवाफ दिएका हुन् । अदालतले उनलाई पत्नी टिनालाई महंगो र विलाशी मोटार कार यच्ट गिफ्ट गरेको प्रसंग पनि सोधेको थियो । तर अनिलले आफूले व्यक्तिगत रुपमा यो उपहार नदिएको जवाफ दिएका थिए । रिलायन्स कम्पनीका मालिक तथा विश्वकै सर्वाधिक १० धनीभित्र पर्ने भारतीय व्यवसायी मुकेश अम्बानीका भाइ हुन् अनिल । यसअघि नै अनिलले बैंकलाई तिर्ने रकम नपुग्दा मुकेशले सहयोग गरेको बताइएको थियो ।(एजेन्सी )

 

Translate »