सोमवार स्थिर रह्यो सुन तथा चाँदीको मूल्य

असोज १२, काठमाडौं ।
सोमवार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य अघिल्लो कारोबारको दिन अर्थात् आइतवारकै मूल्य रू. ९३ हजार ३०० तोकिएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आइतवारकै मूल्य रू. ९२ हजार ८०० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । चाँदीको मूूल्य पनि सोमवार स्थिर रहेर प्रतितोला रू. एक हजार १५० मा कारोबार भएको छ । चाँदीको मूूल्य आइतवार प्रतितोला १० रुपैयाँले घटेर रू.एक हजार १५० मा खरीदविक्री भएकोे थियो ।

Translate »