भारतबाट एएनएम पास गरेकी सुन्तलीको संघर्ष

नारी हुनु भनेको के हो  ?

संघर्षका पाइलाहरु अनवरत रुपम अगाडी बढीरहेको एक गाउँले परिबेश जहाँ कुनै  पनि सम्पन्नता छैन  विपन्नताको  खाडल, जातियता विभेदको तरङ्गित  लहररामा उभिरेको  सुन्तली  जतिवेला बालसखाको न्यानो काखमा हुर्केकि  साथी संगिकोको रमाइलो पल भुल्न  नसकी अविस्मरिणय  क्षण बनिरहेको छ । सबैकी प्यारी जसको घरको आर्थिक अवस्था निकै कमजोर र दैनिक घरयासी खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको कारणले पारिवारिक सुख र बालबच्चाको स्याहारका लागि बुवाआमा  नेपालमा कुनै त्यस्तो कामको अवसर नपाएको कारणले गर्दा  इन्डिया लागे । सन्तलीले घरमा  भाइबहिनी को हेरचाह गर्दै सरकारी विद्यालयमा अध्ययन गदै  थिईन् ।  बाबुआमाको मायाममताको पर्खाइम वर्षम एक पटक आपनो लालाबालाको न्यानो माया संगालेर नेपाल फर्कने गर्दथ्यें ।  इन्डिया जाने आउने क्रमको केही बर्ष पछि सुन्तलीको बुवाअमाकोले बालबच्चालाई एक्लै छाड्न नसकेको कारणले संगै लिएर इन्डिया गयें । उनीहरुको इन्डियामा ज्यालादारीको काम भएपनि राम्रो आम्दानी हुने भएकाले छोराछारीलाई विद्यालयमा भर्ना गरि दियें ।

पढ्नमा मेहेनती भएकै कारणले इन्डियाबाट मेट्रिक्स (एसएलसी) पास भएको दिन घरमा खुशीको सिमा रहेन । परिवारमा हर्षले गद्गद् भएपछि हाम्रो सन्तानमा पहिलो मेट्रिक्स (एसएलसी) पास गरी गरी भनेर हर्षउल्लास मनाएँ ।  परिवारमा के पढाउने भनेर सल्लाह भयो । स्वास्थ्य क्षेत्रमा  एएनएम पढाउने निधो गरे  ।

उसले निकै मेहनतको साथ पढाईलाई निरन्तरता दिँदै आई । त्यती बेला सुन्तली १८, १९ बर्षको भैसेकी थिई ।  कलेज पढने क्रममा सुन्तलीको  संगै पढने नेपाली तर इन्डियामा नै बस्दै आएको एक जनासंग माया प्रेम बस्न थाल्यो । उनीहरुमा निकै मायाप्रेम  झाँगिदै जान्छ । केही वर्ष पछि उनीहरुको पढाई सकिन्छ । सुन्तली पास हुन्छे । उनीहरु दुबै जनाले आपनो मायालाई विवाहमा  परिणत गर्नको लागि त्यती सहज थिएन किनकी उनीहरुको परिवार, समाज, उनीहरु दुबैले आपनो परिवारलाई यो कुरा राख्न सकेका थिएनन् ।  प्रेम सम्बन्धको केही वर्ष पछि सुन्तलीको  बुवासँग  संगै काम गर्ने  साथीको छोराको हात माग्न आएको कुरा सुन्तलीले थाहा पाईन । तर उसलाई मन भित्र अन्तरद्वन्द्व हुन थाल्यो बुवाको कुरा काट्न नसकी आपनो प्रेमलाई लत्याउनु परेको गुनासो गर्दै आपनो अन्तरमनमा गरिरहिन्  । मगनी भएको ३ महिना पछि विवाह भयो । सुन्तली श्रीमानको  घरमा जान्छे  घरमा रहँदाको वखतमा आमाबुवाको न्यानो काखको सम्झना आइरह्यो । उनलाई सहन धेरै गाहे भएको थियो । उ निकै अत्तालिन्थि,  रुन्थि,  पढेलेखेकी नारी भएर पनि भन्न सक्दैनथी । श्रीमानले सुन्तली पढाई सकेको विषयमा आफुले काम गर्ने साहुसंगको श्रीमतीले पढेको विषयमा कामको बारेमा छलफल गर्यो । त्यसपछि सुन्तली पनि  काममा  जान थाली (निजि हस्पिटल) मा काम गर्दै  निरन्तर  दिनचर्या चलिरहेको थियो । दुबैजनाको कमाई राम्रै भएकै कारणले जीवन सुखमय विताइरहेका थिए ।  यसवीच उनीहरुको ३ वटा सन्तान जन्मि सकेका थिए । आफ्नो दैनिक जागिर र श्रीमानको पनि कमाई राम्रो भएकाले केही रकम बैकमा जम्मा पनि गरेका थिए । भविष्यका छोराहरुको लालन पालन र पढाईको लागि केही रकम बचत गर्दै आएका थिए । परिवार खुशी र सुखमय तरिकाले वितिरहेको थियो । श्रीमान श्रीमतीमा केही गर्नुृ पर्छ भन्ने सोचका साथ अगाडी बढिरहेका हुन्छन् ।

एक्कासी बुवाको निधनको खबर आउछ । उनीहरु झस्किन्छन् । पत्याउन सक्दैनन् । लगतै माइती तिर लाग्छन । तर बाटोमा त्यो घटना विपना नभई सपना भइदिओस् भन्दै  मनमनै कल्पना गरिरहन्छे सुन्तलीले । तर माइत पुग्छन् घटना  बास्तविकतामा भएको थाहा पाउँछन् । सुन्तलीलाई सहि सक्नु हुदैन । तर के गर्ने हरेक समस्यासंग समाहलिनु बाहेक उपाय पनि त छैन । बच्चाबच्चीको लागि भएपनि सम्महालिनु पर्छ भन्दै आफन्तहरु सम्झाउछन ।  तेह्र दिनको बुवाको तिथि सकेर अफ्नो घर लाग्छन् । मनमा आपनो बुवाको मायाले निकै घोचिरहेको हुन्छ । मनलाई थाम्न निकै गाह्र भै रहेको हुन्छ । उनीहरु आफ्नो दैनिक दिनचर्यामा फर्कन्छन् । पहिलाको परिस्थितिमा आउन त्यती सहज नभए पनि केही हदसम्म   सान्त्वना दिई श्रीमानले  सम्झाउने गर्दछन् ।  सधै झै श्रीमान आपनो काममा लाग्छन् आफुपनि काममा जान्छन् ।  यसरीनै  दैनिकी चलिरहेको थियो । बुवाको  एक वर्ष तिथि सकिएको दुई महिनापछि  सुन्तीलको श्रीमान एक्कासी विरामी भए । उनीहरुले  नजिकैको हस्पिटलमा लगे उपचार गराए तर रोग पत्ता लाउन सकेनन् । त्यसपछि  छोराहरुलाई माइतीमा जिम्मा लगाएर ठूलो हस्पिटलमा उपचार गराउन उनी श्रीमान्लाई लगछिन् । उपचारकै क्रममा निकै ठूलो पैसा खर्च भयो । तर उन्नाइस को वीस भएको थिएन । अन्तत्वगत्वा उनको मिगौला ड्यामेज भएको डाक्टरले जानकारी दियो । रोग सन्चो हुदैन किमु चढाउने राख्ने हो, उपचार यही हो भने पछि सुन्तलीलाई  छाँगा बाट खसेजस्तो भयो ।  निको कसरी बनाउने भनेर निकै हस्पिटलहरु धाईन् ।  उपचारको लागि निकै संघर्ष गरिन् । तर केही गरी पनि श्रीमानलाई सन्चो भएन र उनको श्रीमानको मृत्यु भयो । सुन्तलीलाई आकास खसेजस्तो पृथ्वी भासिए जस्तो भयो । संगै जिउने संगै मर्ने कसम खाएको वीचमै मलाई किन छाडेर गयौं भन्दै निकै अलाप विलाप गरिन् ।  तर के गर्ने ? दैवको लिला ! कसले टार्न सक्छ र सुन्तलीलाई त्यहाँ बस्न मनै लागेन् । आमासंग माइतमा गई केही दिन बसिन् ।  मनमा केही हदसम्म आफुलाई सम्हाल्न सक्ने भएपछि आफ्नो घरम फर्की सधै झै काममा जान थालिन् । कामलाई निरन्तरता दिँदै छोराहरुसँग बस्दै आउन थालिन् । इन्डियामा श्रीमान विनाको त्यो नर्क जस्तो समाजमा बस्न निकै गाह्रो भयो । आफु बचेर छोराहरु लाई सम्हाल्न नै नसक्ने अवस्था भएपछि श्रीमानको घर नेपाल जाने निधो गरिन् ।  तर नेपालमा श्रीमानको घर पनि कहिलै नगएको कारणले कसरी जाने होला ? कुनै आइडिया आएको थिएन । नेपालमा सःपरिवार आउने इच्छा सहितको योजना बनाएपछि ससुरा लिन आउनु भयो ।   सःपरिवार कहिल्यै इन्डिया नर्फकने गरी फिर्ता भयो । जस्तो दुः ख परेपनि नेपालमा स्वाभिमान सहित बाच्ने अठोटका साथ नेपाल फर्किछिन् । तर सोच जस्तो जिन्दगी र भोगाई जस्तो पीडाको मूल्य कस्लाई पो थाहा हुन्छ र ? तर नेपालमा आइसकेपछि केही समय त परिवारसंग संगै बसियो तर गरिवीको त्यो पिडा कस्ले बुझने । आर्थिक अभावमा पिल्सिएको परिवारमा सुन्तलीसंग केही नभएको कारण देखाउँदै घर (अलग) छुट्टाई दियें । तीन छोरालाई लिएर एक्लै बस्न थालिन् ।

तर विडम्वना सुन्तलीलाई नेपाली भाषा आउदैनथ्यो । कसरी गाउँका दिदी बहिनीसंग बोल्ने आफ्ना कुरा राख्ने । भाषा नआएपछि निकै कष्टपूर्ण दिनचर्या उनको जीन्दगीमा शुरु भयो । छोराहरु  पढ्नेबेला भयो । कसरी पढाउने ? । जम्मा गरेर राखेको पैसा सबै श्रीमानलाई उपचार गर्दा सकियो । कसरी साँझ विहान को छाक टार्ने समस्या झन थपिँदै गयो ।

दाउरा काट्न पनि आउदैनथ्यो । घरमा भएको दाउरा पनि चलाउन नदिने सबैले श्रीमान टोकुवा भनेर हेला गर्न थाले । त्यसपछि एक्लै बस्न थालिन् । गाउँका दिदीबहिनीहरुले धान, मकै  उठाएर  दिन्थ,े त्यही छोराहरुलाई खुवाउने गर्दथिन् । अरुको धान काट्न जानी नजानी जाने गर्थिन् । केही अभाव त्यहीं ज्यालाबाट आएको रकमले घरखर्च चलाउने गर्थिन । कहिले छोराहरुलाई खुवाएर आफु भोकै बसेको कयौ दिन भएका थिए । कयौं दिन त चामल, तेल ,नून विनाको भान्छा टार्थिन् । मनमा पिडा हुन्थ्यो, एक्लै रुन्थिन । दैवले किन यति घात गरिस् ? किन मलाई यो बज्रपातको भुमरीमा पारिस् ? म कसरी बाच्ने ? कसरी छोराहरुको भविष्य बनाउने एक्लै अत्तालिन्थिन् ।  पढाई लेखाई भएपनि यो अवस्थामा गुज्रनुपर्ने नारी जिन्दगी जागिरको लागि काजगपत्र बोकेर हिड्डा इन्डिया पढेकोले नेपालमा यसको मान्यता छैन्  भन्ने जस्ता यावत समस्यालो गर्दा निकै कष्टकर दिनचर्यालाई विताउनु पर्ने बाध्यता बन्यो । अब नेपालमा यस्ता घटनाबाट केही सिख्नु नै पर्छ । सिधासादा मान्छेलाई आफ्नो योग्यता दक्षता भएर पनि भजाउन नसक्ने अवस्था अब नेपालमा आउनु हुँदैन् । सुन्तली जस्ता दिदीबहिनीले राम्रो शिक्षा दिक्षा आर्जन गरेर पनि आफ्नै स्वदेशमा स्वरोजगार हुन नसक्नु दुःखद पक्ष हो । अब समाज तथा राष्ट्रले यस्ता नागरिकको योग्यता, दक्षता पहिचान गरेर कुनै विशेष योजना बनाउन यो कहानीले प्रेरित गर्नेछ भन्ने अपेक्षा राखेकी छु । नेपालमा एउटा प्रसिद्ध उखान छ, ‘लंकामा सुन छ, कान मेरो बुच्चै ।’ यस्तो अवस्थाको सामना गर्नुपनि दिदीबहिनीले गर्न नपरोस् भन्ने उद्देश्यले यो कहानी पाठकवर्गसम्म पु¥याउने कोशिस गरेकी छु । किनभने अहिलेपनि महिला भएकै कारणले धेरै दिदीबहिनीहरुले सुन्तलीको जस्ता समस्या भोग्नु नपरोस् ।  लेखक : – दुर्गा कुमारी गाहा (थापा)

Translate »