सुर्खेतमा विश्व फार्मासिस्ट दिवस मनाईयो

‘जहाँ औषधि त्यहाँ फार्मासिस्ट’

स्काई न्यूज / असोज ९, सुर्खेत ।
नेपाल फार्मेसी संघ कर्णाली प्रदेशले विविध कार्यक्रम गरि विश्व फार्मासिस्ट दिवस मनाएको छ । संघले शुक्रबार सुर्खेतको वीरेन्द्रनगर स्थित प्रशान्ति बृद्धा आश्रम र साझाघरका अनाथ बालबालिकालाई सावुन, माक्र्स, तथा औषधीजन्य स्वास्थ्य सामाग्री सहयोगसँगै वीरेन्द्रचोकमा दिप प्रजल्वन गरेर दिवस मनाएको हो । दिवसको अवसरमा संघले प्रशान्ति बृद्धा आश्रमका बृद्धबृद्धालाई स्वास्थ्य चेकजाँचसँगै आवश्यक औषधी वितरण गरिएको संघका कर्णाली प्रदेश अध्यक्ष सुन्दर आचार्यले बताए । उनले प्रशान्ति बृद्धाआश्रमलाई आगामी दिनमा समेत आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

‘यसवर्ष विश्व फार्मासिस्ट दिवस ‘ट्रान्सफाँर्मिंग ग्लोबल हेल्थ’ भन्ने नारामा आधारित रहेकाले फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई बढावा दिने प्रयास गरेका छौं,’ उनले भने, ‘कोभिड–१९, का कारण यस वर्ष ठूलो कार्यक्रम गर्न नपाएपनि फार्मासिष्टहरु वीच फार्मेसी पेशा र समाजमा योगदान पु¥याउने अभिप्राय सम्बन्धि छलफल गरिएको थियो ।’ उनले कोरोना भाईरस (कोभिड–१९) महामारीको बखत फ्रन्ट लाइनर फार्मासिस्टहरुको योगदान तथा अनुभवहरु दिवसको अवसर पारेर आदान–प्रदान समेत गरिएको जनाए । संघले दिनभरी विविध कार्यक्रम गरि साँझ वीरेन्द्रचोकमा दिप प्रजल्वनसँगै कोण सभा गरेर दिवस मनाईएको थियो । कोण शभाको अध्यक्षता फार्मेसी संघ सुर्खेतका उपाध्यक्ष सविता अधिकारीले गरेकी थिईन् ।

 

कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले सधै फर्मासिस्टलाई उपेक्षित गरेको भन्दै स्थानीय तहमा फर्मासिस्टको दरबन्दी सृजना गरि जहाँ औषधि त्यहाँ फार्मासिस्टको अबधारणा अनुसार अगाडि बढाईनु पर्नेमा जोड दिएका थिए । संघका कर्णाली प्रदेश सदस्य शशी थापाले विरामीहरु उपचार नपाएरभन्दा पनि औषधी र यसको सहि तरिका नजान्दा धेरैको मृत्यु हुने गरेको बताए । कार्यक्रममा संघका जिल्ला सचिव शेखर बराल, कोषाध्यक्ष विश्व क्षेत्री, सदस्य खेमराज खनाललगायतले देशभरकै फार्मेसी पसलहरुलाई ब्यवस्थित गर्ने योजना सरकारले ल्याउन आवश्यक रहेको औल्याए । नेपालमा औषधी विक्री वितरण प्रणालीलाई व्यवस्थित नगरिएकै कारण पछिल्लो समय थप विकृति मौलाउँदै गएको उनीहरुको भनाइ थियो । शुक्रबार नै विश्व फार्मासिस्ट दिवसको अवसर पारेर नेपाल फार्मेसी संघ कर्णाली प्रदेश कार्यालय समेत स्थापना गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

Translate »