नेकपा चौकुनेको इन्चार्जमा ताराप्रसाद देवकोटा

कर्णाली प्रदेश कमिटीले १२० जनालाई जिम्मेवारी बाँडफाँड ग¥यो

स्काई न्यूज / असोज ८, सुर्खेत ।
पश्चिम सुर्खेतका उदयमान युवा नेता ताराप्रसाद देवकोटालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चौकुने गाउँ कमिटी इन्चार्जको जिम्मेवारी दिईएको छ । लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका देवकोटालाई नेकपा कर्णाली प्रदेश कमिटीले चौकुनेमा थप राजनीतिक तथा सांगठनिक विस्तार एवं सुदृढिकरण गर्नका लागि इन्चार्जको जिम्मेवारी दिएको हो । कर्णाली प्रदेश कमिटीको गत फागुन ७ गते सम्पन्न भएको तेस्रो बैठकको निर्णय अनुसार सम्बन्धित जिल्लाहरुको सिफारिसमा देवकोटासहित प्रदेश भरीका १२० जना आफ्ना सदस्यलाई इन्चार्ज, सह–इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको थियो । उक्त निर्णय अनुसार नै युवा नेता देवकोटलाई चौकुने गाउँपालिकाको जिम्मेवारी तोकिएसँगै पश्चिम सुर्खेतमा नेकपाको संगठन विस्तार तथा सुदृढिकरणमा थप टेवा पुग्ने अपेक्षा राखिएको छ । प्रदेश कमिटीले आफ्ना सदस्यहरुलाई भूगोलको आधारमा सांगठनिक तथा राजनीतिक कार्यविभाजन गरेपनि (कोभिड–१९) का कारणले उक्त जिम्मेवारी सार्वजनिक गर्न सकेको थिएन । ढिलाई भएपनि प्रदेश कमिटीले रोकिएको कार्यविभाजन जिम्मेवारी हालै सार्वजनिक गरेको छ । प्रदेश कमिटीले फागुन ७ गतेको तेस्रो बैठकको निर्णय अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र इन्चार्ज, सह–इन्चार्ज, प्रदेश सभा इन्चार्ज, सह–इन्चार्ज, स्थानीय तह इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो ।

सुर्खेत जिल्लामा पञ्चपुरी नगरपालिकाको इन्चार्जमा धनबहादुर विक, बराहताल गाउँपालिकाको इन्चार्जमा नन्दा शर्मा चपाई, वीरेन्द्रनगर नगरपालिकाको इन्चार्जमा अमृत विसी एवं सह–इन्चार्जमा मोहनमाया ढकाल, चिङगाढ गाउँपालिकाको इन्चार्जमा जितबहादुर राना, लेखबेशी नगरपालिकाको इन्चार्जमा माधव ढकाल एवं सह–इन्चार्जमा राजु गुईदेल, भेरीगंगा नगरपालिकाको इन्चार्जमा हरिमाया शर्मा, गुर्भाकोट नगरपालिकाको इन्चार्जमा चुडामणी शर्मा, सिम्ता गाउँपालिकाको इन्चार्जमा ठम्मर विष्ट रहेका छन् । त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १, इन्चार्जमा सीता नेपाली, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २, इन्चार्जमा कमलबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर एक अन्तर्गत प्रदेश सभा क्षेत्र नम्वर १, को इन्चार्जमा ठम्मर विष्ट, प्रदेश सभा क्षेत्र नम्वर २, को इन्चार्जमा गगनसिंह सुनार तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर दुई अन्तर्गत प्रदेश सभा क्षेत्र नम्वर १, को इन्चार्जमा दानसिंह विक र प्रदेश सभा क्षेत्र नम्वर २, को इन्चार्जमा कृष्ण हमाल रहेको नेकपा कर्णाली प्रदेश कमिटीले बताएको छ । प्रदेश कमिटीका अनुसार जिम्मेवारी तोकिएका इन्चार्ज तथा सह–इन्चार्जले आफ्नो कार्यक्षेत्रको कामको नियमित रिपोटिङ्ग जिल्ला कमिटी र बोधार्थ प्रदेश कमिटीलाई पठाउनु पर्नेछ ।

 

 

Translate »