गृह मन्त्रालयको आयो यस्तो निर्देशन !

 

असोज ८,काठमाडौं ।
बोक्सी र छुवाछूतका घटनामा तत्काल कडा कारबाही गर्न र मिलापत्र नगराउन गृह मन्त्रालयले निर्देशन दिएको छ । केही समययता तराई लगायतका विभिन्न जिल्लामा बोक्सीको आरोपमा महिलामाथि अनर्गल दोष लगाउने, कुटपिट गर्ने, यातना दिने, मलमूत्र खुवाउनेसम्मका अमानवीय कार्य भइरहेको भन्दै कारबाहीलाई थप प्रभावकारी बनाउने मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो । गत साता सप्तरीमा बलात्कारको घटना पञ्चायतले मिलाउन दबाब दिएपछि किबोरीले आत्महत्या गरेकी थिइन्। बोक्सी, छुवाछूतको नाममा हुने कुनै पनि दण्डनीय अपराधमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मातहतका निकायलाई तत्काल निर्देशन दिई त्यसको अनुगमन गर्न र कार्यप्रगति गृह मन्त्रालयमा पठाउन गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ।

Translate »