नयाँ स्वरुपमा शिक्षा पत्रकार समाज

असोज ८,काठमाडौँ ।
शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकाहरुको सक्रियतामा शिक्षा पत्रकार समाज संस्था स्थापित भएको छ । शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवीसहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम् सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चारमाध्यममा शिक्षा विधामा कार्यरत पत्रकारहरुको हक, अधिकार संरक्षण तथा क्षमता अभिवृद्धिसमेत गर्न पत्रकारहरुको सहभागितामा सङ्घीयस्तरको पत्रकार समाज गठन भएको हो । समाजले यही असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत मान्यता पाएको समाजका अध्यक्ष प्रकाश सिलवालले जानकारी दिए ।

समाजले शिक्षा तथा सामाजिक विकासमा केन्द्रित रहँदै शिक्षा र बालबालिकाको मौलिक हक तथा गुणस्तरीय शिक्षा तथा जीवनपर्यन्त सिकाइको प्रवद्र्धन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सार्वजनिक र निजी शिक्षा क्षेत्रमा सुशासन एवं प्रवलीकरण आदि विषयमा खोज अनुसन्धान, नीतिगत बहस तथा पैरवी गर्ने लक्ष्य लिएको अध्यक्ष सिलवालले बताए ।शिक्षा पत्रकारितासँग सम्बन्धित खोज पत्रकारिता, अध्ययन, अनुसन्धान गरी विभिन्न सञ्चारमाध्यम र वैकल्पिक मिडियामार्फत प्रसारण तथा प्रकाशन गर्ने, शिक्षा भएका देश, विदेशका असल अभ्यास र अनुभवहरु आदानप्रदान गर्ने, शिक्षा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै उनीहरुको हक र अधिकारमा क्रियाशील रहने यसका उद्देश्यहरु रहेका छन् । समाजका प्रदेश संयोजक केन्द्रीय सदस्यका पदेन आमन्त्रि सदस्य रहनेछन् ।
केन्द्रीय कार्यसमिति
१. प्रकाश सिलवाल, अध्यक्ष(रासस)
२. देवी सापकोटा, उपाध्यक्ष (नेपाल टेलिभिजन)
३. शेषकान्त पण्डित, महासचिव (गोरखापत्र दैनिक)
४. मतिना त्वनावासु, (बिबीसी नेपाली सेवा)
५. श्याम तण्डुकार, कोषाध्यक्ष (इशिक्षालय डटकम)
६.यशोदा अधिकारी, सदस्य (रेडियो नेपाल)
७. बालमुकुन्द आचार्य, सदस्य (इन्यूजपाना डटकम)
८. सुनील आचार्य, सदस्य (जुपिटर मिडिया)
९. सुरेश यादव, सदस्य (बाह्रखरी टडकम)
१०. विद्या राई, सदस्य (कान्तिपुर दैनिक)
११. शर्मीला विश्वकर्मा, सदस्य (अपाङ्गता आवाज)
प्रदेश संयोजकहरु
१.प्रदेश नं. १ स् सुशीला पाठक, मोरङ, (कान्तिपुर टेलिभिजन)
२. प्रदेश नं.२ स् सुरेश यादव, धनुषा, (बाह्रखरी डटकम)
३. बागमती प्रदेश स् वसन्त पराजुली, चितवन (गोरखापत्र दैनिक)
४. गण्डकी प्रदेश स् केशव पाठक, कास्की (पोखरान्यूज डटकम)
५. प्रदेश नं. ५ स्अमृता अनमोल, रुपन्देही (कान्तिपुर दैनिक)
६. कर्णाली प्रदेश स् नवराज महतारा, हुम्ला (कर्णालीपत्र दैनिक)
७. सुदूरपश्चिम प्रदेश स् वीरेन्द्र रावल, कैलाली (युगअस्त्र दैनिक)

सल्लाहकारहरु
१. भीमलाल गुरुङ, पूर्व शिक्षा प्रशासक
२. डा. सुमनकोमल तुलाधर, शिक्षाविज्ञ
३. बाबुकाजी श्रेष्ठ, शिक्षा अधिकारकर्मी
४. डा. निर्मलमणि अधिकारी, सञ्चारविद्
५.प्रा.डा. वासुदेव काफ्ले, शिक्षाविद्
६. भोजबहादुर शाह, शिक्षासेवी
७. प्रा. डा. धनेश्वर नेपाल

(नेपालबोट)

 

Translate »