‘सोति घटनालाई राजनीतिकरण गरिनु हुँदैन’


स्काई न्यूज / असोज ८, सुर्खेत ।
सोती घटनालाई राजनीतिकरण नगरि न्यायोचित ढंगले टुङ्ग्याउनृुपर्ने सरोकारवालाले बताएका छन् । उच्च अदालत सुर्खेतमा बिहीबार सरोकारवालाले गरेको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा युवा नेता तिर्थ सुनारले सामाजिक विकृति तथा विसंगति विरुद्धका विषयमा राजनीतिकरण गर्न नहुने बताए । उनले रुकुम पश्चिम चौरजहारीको सोतिमा जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्यामा संलग्नलाई कारबार्ही गर्नुपर्ने माग राखें । ‘हत्याजस्ता जघन्य मानव विरोधी घटनालाई राजनीतिकरण नगरी न्यायोचित ढंगले टुङ्ग्याईनु पर्छ । मृतक परिवार र दलित अधिकारकर्मीहरुले मृत्यु नभई हत्या भएको दाबी गर्दै रहँदा केही व्यक्तिहरु घटनालाई राजनीतिकरण गर्न जुटेका छन्,’ उनले भने, ‘पीडकलाई कुनैपनि बहानामा छुटकारा दिन हुँदैन् । न्यायको देशमा न्याय नमरोस् पीडितलाई क्षतिपूर्ति र पीडकलाई दण्ड सजाय होस् ।’ गत जेठ १० गते अन्तरजातीय विवाह गर्न रुकुम पश्चिमको चौरजहारीस्थित सोतिमा रहेका आफ्नी प्रेमिकालाई लिन जाँदा नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो ।

Translate »