सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरण शुरु


स्काई न्यूज / असोज ८, सुर्खेत ।
कर्णाली प्रदेशबाट सवारी चालक अनुमति पत्र वितरण कार्य शुरु भएको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले विहीबारदेखि पहिलो पटक सवारी चालक अनुमति पत्रका लागि परीक्षा उतिर्ण गरेकाहहरुलाई सवारी चालक अनुमति पत्र (डाईभिङ्ग लाइसेन्स) वितरण गरेको हो । सुर्खेतमा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापना भएपछि पहिलो पटक सवारी चालक अनुमति पत्र वितरण शुरु भएसँगै सर्वसाधारणमा नयाँ उत्साह थपिएको छ । यसअघि सवारी चालक अनुमति पत्र बनाउनका लागि यसक्षेत्रका नागरिकलाई नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । सवारी चालक अनुमति पत्र वितरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य कार्यालयहरु भन्दा निकै संवेदनशील कार्यालय भएको बताए । उनले कुनैपनि काममा नागरिकलाई खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रुपान्तरण नहुने जिकिर गरे । सेवामा ढिलासुस्ती हुन नदिनका लागि सुर्खेतमा नै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्नेका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको समेत मुख्यमन्त्री शाहीले जानकारी दिए ।

 

Translate »