खोई कोरोना ! कसले रोक्ने भीड ?

रोगले भन्दा ‘शोक र भोक’ को पीडामा छट्पटाउँदै नागरिक

असोज ७,नेपालगन्ज ।
खोई कहाँ छ कोरोना ? रोगले भन्दा ‘शोक र भोक’ले आफन्त मर्न थालिसके । घरमा खाने खर्च छैन । देशमा रोजगारी छैन । खेती किसानी गर्नलाई मल छै । रोजगारीका लागि भारत नगएर कहाँ जानु के गर्नु ? रोपाई सकिएपछि दशैतिहारको खर्च जोहो गर्न बैदेशिक रोजगारीका लागि भारत जान जमुनाह नाका पुगेका दैलेखका प्रेम सुनारको यथार्थ र सत्य आक्रोश हो यो । उनी लगायत करिब एक हजारको हारारहारीमा प्रदेश ५, कर्णाली र सुदुरपश्चिम क्षेत्रका नागरिक जमुनाह नाका भएर बैदेशिक रोजगारीका लागि यतिबेला भारत जान थालेका छन् । उनीहरूको एउटै आवाज छ ‘खोई कहाँ छ कोरोना’ हामी कमाउँन जाने हो कोरोना सोरोना थाहा छैन् । भारतमा कोरोनाका कारण आर्थिक क्षेत्र ठप्प भएपछि रोग र भोकसँग जोगिन नेपाल फर्किएका नेपाली भारतमा लकडाउनको अन्त्य हुँदै आर्थिक क्षेत्र सञ्चालनमा आएपछि रोजगारीका लागि फेरी भारत फर्किन लागेका छन् । यतिबेला रोजगारीकै लागि फेरी भारत नै फर्कनेहरूमा उही व्यक्ति, उही पीडा अनि उही कोरोनाको र भोकको त्रास छ । उ बेला रोगको पीडा थियो , रोजगारी गुमेको पीडा थियो अनि परिवारको मायाले स्वदेश फर्कन बाध्य पारेको थियो अहिले कोरोनाको त्रास त छदै छ तर परिवार पाल्नुपर्ने बाध्यता, नेपालमा रोजगारी नपाइएको तितो यथार्थले फेरी भारत नै फर्किन बाध्य हुनुपरेको उनीहरू बताउँछन् । कोरोना संक्रमणका शुरूवाआती दिनमा नेपाल आउनेको झै अहिले भारत जानेको लर्को सीमानाकामा देखिएको छ । कोरोना संक्रमणमा नेपाल र भारत दुवै देश उत्तिकै जोखिममा छन् । दैनिक कोरोना संक्रमित भेटिदै गएका छन् । कतिपय नागरिकले कोरोनाको कारण ज्यान गुमाएको चिकित्सकहरूले प्रमाणित गरिरहेका छन् । तर, नेपालीहरूले ‘रोग भन्दा भोक खतरा’ भन्ने प्रमाणित गरिदिएका छन । आजभोली हरेक दिन जमुनाह नाकामा बैदेशिक रोजगारीका लागि भारत जाने नेपालगन्जको जमुनाह सिमामा भेटिने गरेका छन् । यीनलाई नत कोरोनाको डर छ नत कसैको ।

केवल एउटै लक्ष्य र उद्देश्य छ भारत जाने मजदुरी गर्ने र दशै खर्च लिएर नेपाल फर्कने । शुरूमा कोरोना संक्रमणको रोकथामका लागि भन्दै बाँकेका स्थानीय हत र समाजसेवी भनौदाहरूले स्वास्थ्य औजारहरू खुबै बाँडेका थिए । तर, अहिले तीनै नेपाली भारत जान खोज्दा उनीहरूको स्वास्थ्य अवस्थाको कसैलाई चासो छैन् । सरकारले नाका बन्द गरेको छ । नाकामा नागरिकको आवतजावत रोक्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी परिचालन गरेको छ । तर, आम नागरिक दैनिक नाका पारा गरिरहेका छन् । नाकामा बसेका प्रहरी नै प्रतिव्यक्ति ५ सय देखि हजार रूपैयाँ घुस र कमिशन लिदै भारत जाने र उताबाट आउने नेपालीलाई नाका कटाउनमा सक्रिय भैरहेको खुल्न आएको छ । सीमामा देखिएको भीड कसले नियन्त्रण गर्ने ? भारत जानबाट कसले रोक्ने ? यो जिम्मेवारी र दायित्व कसको ? यतिबेला आम नागरिकमा प्रश्न खडा भएको छ । सरकारले लगाएको पहिलो चार महिनाको लकडाउन अन्त्य गरेको दिन साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको थियो । त्यो अवधिमा मुत्यु हुने जम्मा ४० जना मात्रै रहेका थिए । तर, लकडाउनको अन्त्य भएका दिनदेखि संक्रमित र मृत्यु हुनेको संख्या ह्वातै बढिरहेको छ । पछिल्लो एक महिनादेखि लगातार रुपमा दैनिक १ हजारका दरले संक्रमितको सङ्ख्या बढेको छ । दैनिक १० जनाले ज्यान गुमाइरहेका छन् । यसरी पछिल्लो समयमा कोरोना संक्रमण नेपालमा व्यापक रुपमा फैलिदै गएको छ । लकडाउन र निषेधाज्ञाले पनि संक्रमण रोक्न सकेको छैन । यद्दपी यस्तो अवस्थामा ज्यानको बाजी लगाएर बैदेशिक रोजगारकिा लागि भारत जाने नेपालीको नेपालगन्जमा ओइरो नै देखिएको छ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले कोरोना भाइरसको संक्रमणबाट बच्न अब हामी थप सतर्क हुनुपर्ने बेला आएको छ । पर्याप्त आइसोलेशन बेडहरुको पनि अभाव भएकाले विरामीहरु होम आइसोलेशनमा बसीरहेका छन् । नाकालाई व्यवस्थित बनाउँने र भीडलाई नियन्त्रण लिने तर्फ बाँकेका स्थानीय तह र प्रशासन उदासिन देखिएका छन् । भारतमा कोरोनाको अत्याधिक जोखिम रहेको, संक्रमित बढ्दै गएको र कोरोनाका कारण मृत्युहुनेहरुको संख्या बढ्दै जाँदा पनि भारत जाने नेपालीहरु सीमामा लामबद्ध देखिन्छन् । उनीहरुको एउटै भनाई पाइन्छ, ‘कोरोना त लागेपछि मेरिएला, यहाँ त भोकै मर्ने अवस्था आएको छ ।’ कोरोनाका कारण आर्थिक क्षेत्र ठप्प हुँदा देशभित्रै रोजगारीमा रहेका पनि बेरोजगार बनेका छन् । ( ई-सेतोखरी संवाददाता )

 

Translate »