सानिमा बैंकको क्रेडिट कार्ड आवेदन अनलाईनबाटै दिन मिल्ने

असोज ७, काठमाडौं ।
सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइटमा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने पनि कम्पनीले बताएको छ । साथै कम्पनीले फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराउने छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने भन्दै कम्पनीले । उक्त सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बताएको छ । कम्पनीको क्रेडिट कार्ड प्रयोग गरी अनलाईन सपिङ्ग गर्दा छूट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान समेत खरीद गर्न सकिने छ । उक्त कम्पनीले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिंदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले हाल ८२ ओटा शाखा कार्यालय, १५ओटा विस्तारित काउन्टर तथा ८१ओटा एटीएमबाट ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Translate »