गरिब तथा विपन्नले अब आकस्मिक सेवा निःशुल्क पाउने

प्रदेश अस्पताल सुर्खेतसहित देशका १५ वटा अस्पतालमा लागु हुँदै ..........

स्काई न्यूज / असोज ६, सुर्खेत ।
गरिब तथा विपन्न वर्गले प्रदेश अस्पताल सुर्खेतबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने भएका छन् । गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सरकारले सुर्खेतको प्रदेश अस्पतालसहित देशका १५ वटा सरकारले तोकेका अस्पतालमा अब गरिब तथा विपन्न वर्गले सेवा पाउने छन् ।

काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्रमा यो व्यवस्था गरिएको छ । त्यसैगरी कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, डडेलधुुरा अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई मन्त्रालयले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमको लागि छनौट गरिएको छ । मन्त्रालयले कार्यक्रमको सुरुवातमा सम्बन्धित अस्पतालहरुलाई केही बजेट पेश्कीको रुपमा दिनेछ भने खर्च रकम सोधभर्नाको लागि पेश गर्दा इकाइ मूल्य स्वास्थ्य बीमा बोर्डको अधिकतम मूल्य भन्दा बढी हुनु नहुने जनाएको छ ।

Translate »