जुम्लामा फ्रन्टलाइनमा खटिने १४ जना स्वास्थ्यकर्मीलाई सम्मान

सागर परियार / असोज ३,जुम्ला ।
संविधान दिवसको अवसरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । यहाँको चन्दननाथ नगरपालिकाले संविधान दिवसको अवसरमा सम्मान पत्रसहित दोसल्लाह ओडाएर स्वास्थ्यकर्मीलाई सम्मान गरेको चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए । उनका अनुसार कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल जुम्लाका रजिष्ट्रार विश्वराज काफ्ले, अस्पताल निर्देशष्क डा.मंगल रावल, डा.धिरज गुरुङ रहेका छन् । त्यसैगरी जनस्वाथ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेम सोमाई, आयूर्वेद डा।प्रतिभा शर्मा सम्मानित भएका हुन् । त्यस्तै चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगी, जनस्वास्थ्य निरीक्षक क्षेत्र बहादुर महतलगायत नगरपालिकाले १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । यसैबीच प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मंगल रावल र चिकित्सक धिरज गुरुङ र भाषा विद रमानन्द आर्चाय संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपतिमार्फत प्रबल जनसेवा श्रीबाट विभूषित भए ।

Translate »