मंसिर १२ मा नेपाल उद्योग वाणिज्य महासंघको चुनाव गर्ने प्रस्ताव

असोज ३, काठमाडौं ।
कोरोना महामारीका कारण विगत ६ महीनादेखि रोकिएको निजी क्षेत्रको सवैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा र नयाँ नेतृत्वका लागि मंसिर ११ र १२ गते चुनाव गर्ने तयारी गरिएको छ । शुक्रवार बसेको महासंघको पदाधिकारी बैठकले मंसिर ११ र १२ गते साधारण सभा र १२ गतेनै नयाँ नेतृत्वका लागि चुनाव गर्ने प्रस्ताव कार्यकारीणी समितिमा लैजाने प्रस्ताव गरेको हो । विभिन्न समयमा कोरोना महामारीका कारण मिति तय भइसकेपछि पनि सर्दै आएको महासंघको चुनावका लागि आन्तरिक दबाब बढेको थियो । सोही दबाबका कारण कार्यकारी समितिले कोरोना कालमै कसर चुनाव कसरी गर्न सकिन्छ भन्ने मोडालिटी बनाउन छ सदस्यीय केन्द्रीय समिति गठन पनि गरेको थियो । सोही समितिले दिएको मोडालिटीको आधारमा चुनाव गर्ने गरी महासंघले तयारी शुरु गरेको छ । मोडालिटी बनाउन गठित समितिले तीन ओटा मोडालिटीमा चुनाव गर्न सकिने सुझाव कार्यसमितिलाई दिएको छ । भौतिक दुरी कायम गरी काठमाडौंमै चुनाव गर्ने, वस्तुगत र एशोसिएटको काठमाडौंमा तथा जिल्ला नगरको चुनाव जिल्लामै गर्ने र ई–भोटिङ गर्ने तीन ओटा सुझाव दिइएको छ । यीनै तीन ओटा सुझावमध्ये एक मोडालिटीमा महासंघले छलफल गरेर चुनाव गर्ने बताएको छ । महासंघका अध्यक्ष भवानी राणाको कार्यकाल सकिएपछि बर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको विधानअनुसार स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष र तीन ओटा उपाध्यक्ष पदका लागि महासंघका चुनाव हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गर्ने घोषणा यसअघि नै गरिसकेका
छन् ।

Translate »