मनघरी फाउण्डेसनद्वारा पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री प्रदान

पत्रकार महासंघका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हन्तान्तरण गर्दै मनघरी फाउण्डेसनका सल्लाहकारसमेत रहेका कर्णाली प्रदेशका स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्का

स्काई न्यूज / भदौ २६,सुर्खेत ।
मनघरी फाउण्डेसनले सुर्खेतका पत्रकारको लागि प्रेस ज्याकेटसहित स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । शुक्रबार फाउण्डेसनका सल्लाहकारसमेत रहेका कर्णाली प्रदेशका स्वास्थ्य सेवा निर्देशक डा.रविन खड्काले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल र सुर्खेत शाखाका उपाध्यक्ष माया थापालाई हस्तान्तरण गरे । फाउण्डेसनले २०/२० थानको दरले प्रेस ज्याकेट, केएन–९५ मास्क, स्यानिटाइजर र फेस स्लाइड पठाएको थियो ।

उपाध्यक्ष थापाले सुर्खेतस्थित पत्रिका, एफएम र टेलिभिजनलाई एकरएक वटाको दरले वितरण गर्ने बताइन् । ‘फाउण्डेसनले जोखिममा रहेर पत्रकारिता गरिरहेका पत्रकारको सुरक्षालाई ख्याल गरेर सामग्री पठाएको छ, यसले पत्रकारको सुरक्षामा केही मात्रामा भए पनि टेवा पु¥याउने अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘यस कार्यले पत्रकार र फाउण्डेसनबीच असल सम्बन्ध स्थापित गर्न सघाउने छ ।’ फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले कोरोना जोखिमको बेला पत्रकारको सुरक्षालाई ख्याल गरेर सामग्री सहयोग गरेको बताए । अगामी दिनमा थप सहयोग गर्ने योजना पनि उनले सुनाए ।

Translate »