गधाको दूध लिटरकै सात हजार, किसान मालामाल

भदौ २६,काठमाडौं ।
कसैलाई गधा भन्नु उसलाई मुर्ख भनिएको अर्थ लाग्छ । त्यस बाहेक कतिपय मानिसहरुले लगातार काम गर्नेहरुलाई पनि गधा भन्ने गर्छन् । भारतमा गधाको उपयोग समान ढुवानीमा हुने गरेको छ । तर सवारी साधनको विस्तारसँगै केहि वर्षदेखि गधाको संख्यामा भारती गिरावट आईरहेको छ । टाइम्स आफ इण्डियाले मंगलबार एउटा समाचार छाप्यो जसमा भनिएको थियो की भारतीय कृषि अनुसन्धान परिषद (हरियाणा)मा छिट्टै गधाको दूध डेरी स्थापना हुँदैछ । पत्रिकाका अनुसार यो त्यस्तो डेरी हो जहा हलारी प्रजातिको गधाको पालिन्छ जसको दूध दोएर बेचिनेछ । एबीपीन्युज, नवभारत टाइम्स, नेशनल हेराल्ड जस्ता सञ्चार माध्यमहरुले पनि यो समाचार प्रकाशित गरेका छन् । उनीहरुको दावी छ की गधाको दुध प्रति लिटर ७ हजार रुपैयाँसम्ममा बिक्रि हुनेछ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले आफ्नो सोधमा थोरै दुध दिने जनावरहरुमध्ये गधा र घोडालाई पनि एक सामेल गरिएको छ ।

संगठनका अनुसार गाईको दग्धबाट इलर्जी हुनेहरुका लागि गधाको दुधले राम्रो मात्रामा प्रोटिन उपलब्ध गराउँछ । साथै गधाको दुध मानिसको दुघ जस्तै प्रोटिनयुक्त र ल्याक्टो धेरै हुन्छ । तर दुधको मात्रा भने कम आउँछ । गधाको दुध चाँडै फाट्छ र यसको पनिर बनाउन सकिन्न । गधाको दुध कस्मेटिक र औषधी उद्योगमा प्रयोग गर्न सकिन्छ । किन की गधाको दुधमा रोग प्रतिरोधी क्षमता अधिक हुन्छ । प्राचिन ग्रीसकी महिला शासक क्लियोपेट्राले पनि आफ्नो सुन्दरता कायमै राख्न गधाको दुग्धले नुहाउने गरेको बताइन्छ । भारतीय कृषि अनुसन्धान परिषदका पूर्व निर्देशक डा। मुक्ति साधन बसुका अनुसार गधाको दुधको प्रमुख दुई लाभ छन, पहिलो यो महिलाको दुध जस्तै हुन्छ र दोश्रो यसमा एन्टी एजिङ, एन्टी अक्सिडेन्ट र रिजेनेरेटिङ कम्पाण्ड्स हुन्छ जसले छालालाई पोषण दिनुका साथै नरम बनाउन पनि सघाउँछ । बसुका अनुसार भारतले गधाको दुधमा धेरै अनुसन्धान गर्न बाँकी छ किन की मानिसहरु यसका बारेमा आम मानिसमा थोरै मात्र जानकारी छ । युरोपमा कामकाजी महिलाहरुले आफ्ना बच्चाहरुलाई गधाको दुध खुवाउने गरेको पनि बसुले बताए । अमेरिकाले पनि गधाको दुध खुवाउन अनुमति दिएको उनी बताउँछन् । गधाको दुधमा लेक्टो, भिटामिन ए, बी १, बी २, बी ६, डी, ई र भी हुने उनी बताउँछन् । गधाको दुधबाट बनेको साबुन, क्रिम, लोशनको बजारमा उच्च माग रहेको छ ।
गधाले कति दुध दिन्छ ?
आनन्द कृषि विश्वविद्यालयका विभागीय प्रमुख प्राध्यापक र्डीन राँकका अनुसार भारतमा गधाको प्रजातिबारे पहिलो पटक यस्तो काम भैरहेको छ । एउटा गधाले एक दिनमा अधिकतम आधा लिटर दुध दिने उनी बताउँछन् । गधाको प्रजाति अनुसार यसमा केहि घटबढको सम्भावना रहेको पनि उनले बताए । के एक लिटरकै सात हजार पर्छ ?

गधाको दुधको कारोबार भारतमा यस्तो व्यवसायीक ढंगले सुरु भैसकेको छैन तर युरोप र अमेरिकामा भने भैसकेको छ । सञ्चार माध्यमहरुले पनि युरोप र अमेरिकी बजारको मूल्यका आधारमा भारतमै गधाको दुधको मूल्यबारे अनुमान गरेको बताइन्छ । भारतमा तामिलनाडु, केरला र गुजरातमा फर्म खोलेरै गधा पालन सुरु भैसकेको छ ।
गधाको दुधको स्टार्टअप
टाटा इन्स्टिच्युट अफ सोशल साइन्सबाट एमए गरेकी दिल्लीकी पुजा कौल गधाको माध्यमबाट मजदुरहरुका लागि केहि गर्न चाहान्छिन् । उनले महाराष्ट्रमा गधा पालक किसानहरुलाई जम्मा गरेर गधाको दुध बेच्ने मोडल तयार पारिन् । तर त्यसबाट सफलता हात लागेन तर पनि उनले हार मानिनन् । त्यसपछि उनले केहि साथीहरुसँग मिलेर अर्गेनिको नामको एउटा स्टार्टअप सुरु गरिन जसले गधाको दुधबाट स्किन केयर बनाएर बेच्न थाल्यो । पुजाका अनुसार दिल्लीमा सन २०१८ मा स्टार्टअप सरु ग्रिएको थियो ।

गाँजियाबाद आसपास गधा पाल्ने किसानहरुले दैनिक मुस्किलले तीन सय रुपैयाँ कमाउथे । अहिले उनीहरु गधाको दुध प्रति लिटर २ हजार देखि ३ हजार रुपैयाँसम्म्मा बेच्छन् । गधाको दुधबाट बनाइएको साबुन, लोशन र क्रिमहरु अमेजन, फ्लिपकार्ट जस्ता अनलाइन स्टोरहरुबाट बिक्रि भैरहेको छ । यद्यपीका त्यसका मूल्य सुन्दा जो कोहिहरुले औँला टोक्नुपर्ने अवस्था आउँछ । पुजाको कम्पनीले गधाको दुधबाट बनाइएको १०० ग्राम साबुनको मूल्य ५ सय भारुमा बेच्ने गरेको छ । भारतमा सन २०१२ मा गरिएको कृषि गणनामा गधाको संख्या तीन लाख २० हजार थियो । तर सन २०१९ सम्म आईपुग्दा त्यो संख्या ६१ प्रतिशतले घटेर एक लाख २० हजारमा खुम्चिएको छ । (कर्पोरिट नेपाल)

 

Translate »