रुखले च्यापिएर किशाेरीकाे मृत्यु

स्काई न्यूज / भदौ २६,अछाम ।
अछाममा रुखले च्यापिएर एक किशोरीको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा निवासी तेज बहादुर थापाकी छोरी २१ बर्षकी निशा थापाको बिहिबार रुखले च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ । बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउन गएकी निशाको दाउराको मुढा शरीरमा खस्न गई ज्यान गएको हो । “दाउरा ल्याउने क्रममा माथिबाट सल्लाको मुढाले घाँटीमा थिचिन गई घटनास्थलमै ज्यान गएको हो ।” मृतकका भाइ जनक थापाले बताए । बिहिवार दिउसो साढे ३ बजेतिर घटना भएको हो । दाउराको मुढा मोटो रहेको र घाँटीमा थिचेर घटनास्थलमै ज्यान गएकाले उपचारको पहल नै गर्न नसकिएको परिवारले जनाएको छ । मृतक थापा जाल्पादेवि मावि ढाँकुमा कृषि जेटिएमा अध्ययनरत थिईन् ।

Translate »