लेखा नियन्त्रक कार्यालय स्थापना

स्काई न्यूज / भदौ २५,जुम्ला ।
जुम्लामा विहिबार प्रदेश लेखा नियन्यत्रण कार्यालय, प्रदेश लेखा इकाई कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महतको प्रमुख आतिथ्यतामा प्रदेश लेखा नियन्त्रण कार्यालय उद्घाटन भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी  दिए । उक्त कार्यालयबाट प्रदेश सरकार मार्फत आउने विभिन्न योजनाको भुक्तानी, आर्थिक लेखाजोखा लगायतका अन्य काम प्रभावकारी हुने विश्वास लिइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाकै भवनमा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना गरिएको हो । कार्यालय उद्घाटनमा बोल्दै प्रतिनिधि सभा सांसद गजेन्द्र महतले भने,“संघियता भनेकै घर आगनबाट सम्पुर्ण प्रशासनिक सेवा पाउनु हो । तीनै तहका सरकारले संघियता कार्यान्वयन स्वरुप सबै सेवामा घरदैलोमै दिने प्रयास गरेकै छन् । प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना पश्चात प्रदेश मार्फत आउने योजनाको भुक्तानी तथा अन्य वित्तिय कामका लागि प्रदेशमै धाउनुपर्ने बाध्यतबा मुक्त भईने सांसद महतले उल्लेख गरे ।

Translate »