फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

भदौ २२,रासस / एएनआई ।
फिलिपिन्सको मनिलामा ६.३ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । फिलिपिन्सको तटीय क्षेत्रमा आइतबार गएको सो भूकम्पको कम्पन निकै ठूलो महसूस गरिएको युरोपियन मेडिटेरिन सिस्मोलोजिकल सेन्टरले जानकारी दिएको छ । उक्त भकम्पको केन्द्रबिन्दु फिलिपिन्सको डिगोस भन्ने शहरबाट करिब ७५ किलोमीटर टाढा रहेको बताइएको छ । करिब ११४ किलोमीटर जति गहिराइसम्म त्यस भूकम्पको केन्द्र बिन्दु रहेको पनि सो केन्द्रको प्रारम्भिक सर्वेक्षणले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । त्यसैगरी सो भूकम्पपछि सुनामीको चेतावनीको सूचना पनि सरकारले दिएको छैन ।

Translate »