अमेरिकाको प्रदर्शनमा हिंसात्मक झडप

भदौ २२,ओरिगन ।
अमेरिकाको पोर्टल्यान्डमा रंगभेद र प्रहरी दमनको विरोधमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार प्रदर्शनकारीले बम तथा ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा एक जना गम्भीर घाइते भएको जनाइएको छ । अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिसमा प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकाव्यापी प्रदर्शन सुरु भएको छ । उक्त प्रदर्शनले आइतबार सय दिन नाघेको छ । प्रदर्शनका क्रममा आफूहरूमाथि घरेलु बम प्रहार गरिएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति भएको प्रदर्शनमा करिब ४ सय जना सहभागी थिए । प्रहरीले प्रदर्शनका क्रममा केहीलाई नियन्त्रणमा लिएको जनाए पनि संख्या उल्लेख गरेको छैन । (एजेन्सी)

Translate »