कुकुरलाई रङ लगाएर बाघ बनाइयो

सोशल मीडियामा भड्किए मानिस

भदौ २१,क्वालालाम्पुर ।
सोशल मीडियामा एक कुकुरको तस्बिर व्यापक भाइरल भइरहेको छ । यो कुकुरलाई कसैले बाघको धर्सा बनाइ दिएका छन् । रंग रोगन यती राम्रोसँग गरिएको छ कि जो कोहीले पनि यसलाई बाघनै ठानेका छन् । तर यो आफ्नो मनको कुरा भन्न नसक्ने पशुलाई माया गर्नेहरु भने आक्रोशित भएका छन् । मानिसले भन्न थालेका छन् कि यो कुकुरप्रति गरिएको अत्याचार हो । जसले यो गरेको छ, उसका बिरुद्ध कारबाही हुनुपर्ने माग उठ्न थालेको छ । कुकुरको यो तस्बिर मलेसियामा देखिएको हो । त्याहाँ फेसबुकमा यसको व्यापक चर्चा भइरहेको छ । लेशिया एनिमल इस्कालेसन समेत कयौ संस्थाले दोषिलाई पत्ता लगाउन र कडा कारबाहीको माग गरेका छन् । कुकुरलाई यो अवस्थामा पु¥याउनेलाई गोली हान्ने माग समेत उठ्न थालेको छ । एक गैर सरकारी संगठनका कार्यकर्ताले भने,“जब उनले बाघरुपी तस्बिर देखे उनलाई अचम्म लाग्यो । सुरुमात उनलाई यसमा कुनै खराबी लागेन । तर जबजब तस्बिर भाइरल हुन थाल्यो मानिसले यसलाई अर्कै दृष्टिकोणबाट हेर्न थाले ।” (एजेन्सी)

Translate »