कर्मचारीमा कोरोना देखिएपछि बैंक सील


स्काई न्यूज / भदौ २०, सुर्खेत ।
राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारी कोरोना संक्रमित भएपछि बैकिङ्ग कारोवार बन्द गरिएको छ । शाखाको क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएपछि सबै सेवा बन्द गरिएको हो । कर्मचारीमा कोरोना देखिएपछि एक सताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए । उनले कार्यालयलाई सेनेटाइज गरेर कोरोना संक्रमित कर्मचारीलाई आइसोलेशनमा बस्ने व्यवस्था मिलाईएको बताए । उनका अनुसार कोरोना संक्रमित कर्मचारीको १८ गते स्वाव लगिएकोमा आज मात्रै रिपोर्ट पोजेटिभ आएको हो । अबको पाँच दिन भित्र सबै कर्मचारीको स्वाव परीक्षण गरेर रिपोर्ट आपपछि मात्र सेवा पुनः सुचारु गरिने उनको भनाइ छ ।

Translate »