पत्रकार बन्न चाहन्थिन् अनुष्का

 

बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा कुुनै बेला पत्रकार बन्न चाहन्थिन् । उनले स्कुले जीवनदेखि नै असल पत्रकार बन्ने लक्ष्य लिएकी थिइन् । शर्माले कहिल्यै अभिनयमा भविष्य बनाउने सपना देखिनन्, जुन कुरा विभिन्न अन्तर्वार्तामा बताउँदै आएकी छन् । उनमा अभिनेत्री बन्ने सपना कसरी फुर्‍यो ?
बाटो फेरिँदाको क्षण
उनी स्कुल पढ्दा साथीको आग्रहमा सानोतिनो मोडलिङ गर्थिन् । त्यसबेला उनले मोडलिङलाई रमाइलाका रूपमा मात्र लिएकी थिइन् । आर्मी स्कुुलमा १० कक्षामा पढ्दै गर्दा उनलाई पाउडरको विज्ञापनमा काम गर्ने अवसर मिल्यो । उनी विज्ञापनमा सहायक भूमिकामा थिइन् । विज्ञापनको मुुख्य भूमिकामा नायिका अञ्जना सुखीजालाई अनुबन्ध गरिएको थियो । त्यसबेला अञ्जना चलचित्र ‘सलाम ई इश्क’का कारण चर्चामा थिइन् । विज्ञापनका लागि अभ्यास गरिरहेका बेला दर्शक उनलाई देखाउँदै कुराकानी गरे, उनलाई नै विज्ञापनको नायिका ठाने । यस घटनाले उनी चकित भइन्, सोचमग्न पनि । त्यही बेलादेखि उनले बुझिन्, मुख्य नायिकालाई विशेष स्थान दिइन्छ । उनले चर्चित नायिका बन्ने अठोटसमेत गरिन् ।
यसपछि अनुष्काले मोडलिङलाई करियरका रूपमा अघि बढाइन् । उनले मोडलिङको थप ट्रेनिङ मोडल तथा निर्माता प्रकाश बिडप्पाबाट लिइन् । सुुन्दर, सरल तथा मेधावी अनुुष्काले त्यसपश्चात् एकपछि अर्को छलाङ मार्दै गइन् ।  चलचित्रमा व्यस्त
हाल अनुष्का बलिउड फिल्म उद्योगकी चर्चित अभिनेत्रीमा पर्छिन् । अनुष्काको हालसालै निर्मित चलचित्र ‘बुलबुल’ ओटिटी ९ओभर द टप० प्लेटफर्ममार्फत प्रदर्शन भइरहेको छ । अनुष्का यसै वर्ष क्रिकेटर झुलन गोस्वामी र कनेडाको बायोपिकमा देखिँदै छिन् । जुन यस वर्षको अन्त्यसम्ममा प्रदर्शन हुने बताइएको छ । अनुष्काले वेब सिरिज पनि निर्माण गरिरहेकी छन् । (नेपाल पब्लिक)

 

Translate »