किन चाहियो कुलमानै, काम भए भएन ?

युवराज खतिवडाको कुरा अहिलेलाई टुंगियो । अर्थमन्त्रीका रूपमा उनी कति सफल थिए वा थिएनन् त्यसको विश्लेषण समयले गर्छ । उनले अर्थमन्त्रीका रूपमा लिएका निर्णयका दूरगामी असर के हुन्छन्, उनको कार्यकाल सफल रह्यो वा असफल निक्र्यौल त्यसैले गर्ने हो । अहिलेलाई भने अर्थमन्त्रीका रूपमा उनको अध्याय सकियो । प्यारा कसैका भएनन् भन्न सकिन्छ खतिवडा । खतिवडाको विरोध कम्युनिष्ट पार्टीभित्रका क्रान्तिकारीले पनि गरे अनि कम्युनिष्ट पार्टीभित्रका तिनै क्रान्तिकारीले भन्ने गरेका क्रोनी क्यापिटालिस्टले पनि । यसरी सबैको विरोध हुँदा खतिवडाले कसको सहयोगी नीति लिए, त्यसमा पनि आ–आफ्ना अनुकूल विश्लेषण भएका छन् । त्यसैले समयले नै उनको सही विश्लेषण गर्नेछ ।युवराज खतिवडाको कुरा अहिलेलाई टुंगियो । अर्थमन्त्रीका रूपमा उनी कति सफल थिए वा थिएनन् त्यसको विश्लेषण समयले गर्छ । उनले अर्थमन्त्रीका रूपमा लिएका निर्णयका दूरगामी असर के हुन्छन्, उनको कार्यकाल सफल रह्यो वा असफल निक्र्यौल त्यसैले गर्ने हो । अहिलेलाई भने अर्थमन्त्रीका रूपमा उनको अध्याय सकियो । प्यारा कसैका भएनन् भन्न सकिन्छ खतिवडा । खतिवडाको विरोध कम्युनिष्ट पार्टीभित्रका क्रान्तिकारीले पनि गरे अनि कम्युनिष्ट पार्टीभित्रका तिनै क्रान्तिकारीले भन्ने गरेका क्रोनी क्यापिटालिस्टले पनि । यसरी सबैको विरोध हुँदा खतिवडाले कसको सहयोगी नीति लिए, त्यसमा पनि आ–आफ्ना अनुकूल विश्लेषण भएका छन् । त्यसैले समयले नै उनको सही विश्लेषण गर्नेछ । झण्डै अढाई वर्षको कार्यकाल भनेको छोटो होइन । यसबेला गरिएका नीतिगत निर्णयले आगामी धेरै वर्षसम्म नेपालको आर्थिक विकासमा प्रभाव पार्नेछ ।
लक्ष्मी पूजाको दिन बत्ती जान्छ भन्ने आम मान्यता थियो काठमाडौंमा, शिवरात्रीका दिन पानी पर्छ–पर्छ भनेको जस्तै ।

युवराज खतिवडाको कुरा अहिलेलाई टुंगियो । अर्थमन्त्रीका रूपमा उनी कति सफल थिए वा थिएनन् त्यसको विश्लेषण समयले गर्छ । उनले अर्थमन्त्रीका रूपमा लिएका निर्णयका दूरगामी असर के हुन्छन्, उनको कार्यकाल सफल रह्यो वा असफल निक्र्यौल त्यसैले गर्ने हो । अहिलेलाई भने अर्थमन्त्रीका रूपमा उनको अध्याय सकियो । प्यारा कसैका भएनन् भन्न सकिन्छ खतिवडा । खतिवडाको विरोध कम्युनिष्ट पार्टीभित्रका क्रान्तिकारीले पनि गरे अनि कम्युनिष्ट पार्टीभित्रका तिनै क्रान्तिकारीले भन्ने गरेका क्रोनी क्यापिटालिस्टले पनि । यसरी सबैको विरोध हुँदा खतिवडाले कसको सहयोगी नीति लिए, त्यसमा पनि आ–आफ्ना अनुकूल विश्लेषण भएका छन् । त्यसैले समयले नै उनको सही विश्लेषण गर्नेछ । झण्डै अढाई वर्षको कार्यकाल भनेको छोटो होइन । यसबेला गरिएका नीतिगत निर्णयले आगामी धेरै वर्षसम्म नेपालको आर्थिक विकासमा प्रभाव पार्नेछ । लक्ष्मी पूजाको दिन बत्ती जान्छ भन्ने आम मान्यता थियो काठमाडौंमा, शिवरात्रीका दिन पानी पर्छ–पर्छ भनेको जस्तै । अबको अर्थमन्त्री को बन्छ भन्ने अब तपशीलको कुरा हो । वास्तवमा एउटै पार्टी सरकारमा भइरहँदा मन्त्री जति परिवर्तन भए पनि नीतिमा कुनै असर नपर्नु पर्ने हो । तर नीतिगत निर्णय पार्टीगत वा पार्टीको सिद्धान्तका आधारमा भयो वा व्यक्तिगत भन्ने महत्वपूर्ण कुरा हो । तर यो सबै निर्णय कम्युनिष्ट पार्टीभित्रको विवाद समाधान गर्न कहिले को ‘ब्याक फूट’ कहिले को ‘फ्रन्ट फूट’ मात्र हो । यो चाहिँ जगजाहेर नै छ । यी निर्णय कुनै नीतिगत आधारमा अनि दूरगामी प्रभाव सोचेर गरिएका होइनन् ।
खतिवडापछि अब कुरा रह्यो कुलमानको । पछिल्लो समय पुनः नियुक्तिबारे सबैभन्दा बढी चर्चा रहेका पात्र हुन् खतिवडा र विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । आम जनमानसको निकै नै समर्थन छ कुलमानलाई । एक किसिमले भन्ने हो भने १८ घण्टाको लोडसेडिङ अचानक हट्नु भनेको चमत्कारभन्दा केही होइन । पछिल्लो समय नेपालको इतिहासमा भएको सबैभन्दा ठूलो चमत्कार नै हो यो । बच्चादेखि नै काठमाडौंमा हुर्किएकाहरूलाई राम्ररी थाहा छ– पञ्चायतकालमा लोडशेडिङ सुरु हुनुभन्दा पहिलेको समयमा पनि बत्ती नगएको भन्ने थिएन । लक्ष्मी पूजाको दिन बत्ती जान्छ भन्ने आम मान्यता थियो काठमाडौंमा, शिवरात्रीका दिन पानी पर्छ–पर्छ भनेको जस्तै । बरु, पानी नपरेको शिवरात्री भयो होला, बत्ती नगएको लक्ष्मी पूजाको दिन चाहिँ भएको थिएन । २०४६ सालसम्म पञ्चायतकालमा पनि लोडशेडिङ हुन्थ्यो । पक्कै पनि पछिल्लो समय जस्तो बत्ती आउने समय कम, जाने समय बढी नहुने हुँदैनथ्यो । माग नै त्यति भैसकेको थिएन त्यतिबेला । तर हप्ताका निश्चित दिन २ घण्टासम्म विद्युत कटौती भएको याद छ । त्यो पनि देशभरि सबैतिर सँगै कटौती हुँदैनथ्यो, काठमाडौमा पनि एरिया–एरियामा फरक–फरक समयमा हुन्थ्यो । नेपाल टेलिभिजनमात्र भएको त्यो समयमा टेलिभिजनको लोकप्रिय कार्यक्रम बेलुकाको समयमा नै दुईपटक आउँथे । बत्ती भएको बेला त्यस स्थानमा मानिसले हेर्न पाउन् भनेर । बत्ती नभएको स्थानमा पनि टोलबासीहरू एक ठाउँमा भेला भएर रमाइला गफगाफ गर्ने र अन्ताक्षरी खेल्ने गर्थे । खाना पकाउने, खाने समय पनि विद्युत कटौतीको तालिकाअनुसार मिलाइन्थ्यो । जनमानसले लोडसेडिङलाई पनि जीवनशैली नै बनाएका थिए ।

बाढीको वितण्डा देखेका आम नागरिकले सरकारको कुरा सहजै स्वीकार गरे । दैनिक विभिन्न समय गरेर ४ पटकसम्म बत्ती जाने तालिका बन्यो ।

तिहारको लक्ष्मी पूजाका दिन पनि बत्ती नजाने भन्ने हुँदैनथ्यो । लक्ष्मी पूजाको दिन बत्ती जान्छ भन्ने आम मान्यता थियो काठमाडौंमा, शिवरात्रीका दिन पानी पर्छ–पर्छ भनेकोजस्तै । बरु, कुनै शिवरात्रीमा पानी परेन होला, बत्ती नगएको लक्ष्मी पूजाको दिन चाहिँ आएको थिएन । ०४६ सालमा देशमा प्रजातन्त्र आयो । त्यसयता क्रमिक रूपमा विद्युत कटौती बढ्दै गएर ०५७ सालसम्म कायम रह्यो । त्यसको अर्को वर्ष खिम्ती आयोजना बनेपछि केही समय कटौती अन्त्य भयो । त्यसयता ०६२ सालसम्म तालिका नै बनाएर लोडसेडिङचाहिँ भएन । बेला–बेलामा बत्ती नगएकोे भने होइन । कुनै जानकारीबिना बत्ती जानु साधारणजस्तै भएको थियो । तर पनि नेपालमा बिजुलीको अभाव छ भनेर आधिकारिक रूपमा भनिएको थिएन । ०६२/६३ को जनआन्दोलनपछि बनेको गणतान्त्रिक सरकार स्थापना भएलगत्तै भने आधिकारिक रूपमा तालिका बनाएरै लोडसेडिङ हुन थाल्यो । त्यसयता कुलेखानीमा पानी नभरिएको, यथेष्ट वर्षा नभएको कारणहरू देखाउँदै सुख्खा मौसममा दैनिक दुई घण्टासम्म लोडसेडिङ हुन थाल्यो । २०६५ को श्रावणमा नेपालमा ठूलो बाढीको वितण्डा भयो । कोशीको तटबन्ध फुटेर ठूलो क्षति भयो । लाखौं मानिस विस्थापित भए । ठूलो क्षति भयो । बाढीलगत्तै ट्रान्समिसन लाइनमा क्षति पुगेको, आयोजनाहरूमा क्षति पुगेको, भारतबाट विद्युत आपूर्ति गर्न नसकेको आदि कारण देखाउँदै भदौ ११, ०६५ मा हप्ताको साढे १६ घण्टाको लोडसेडिङको तालिका सार्वजनिक भयो । बाढीको वितण्डा देखेका आम नागरिकले सरकारको कुरा सहजै स्वीकार गरे । दैनिक विभिन्न समय गरेर ४ पटकसम्म बत्ती जाने तालिका बन्यो ।

सबैले आ–आफनो क्षेत्रमा बत्ती नगएको बताउँदा काठमाडौंभरि नै बत्ती नगएको थाहा भयो । काठमाडौंबासीसँगै सम्पूर्ण देश आश्चर्यचकित भयो ।

त्यसबेला कुल देशको कुल विद्युत उत्पादन क्षमता ६ सय १७ मेघावाट जति थियो भने वर्षा याममा सम्पूर्ण क्षमतामा सञ्चालन हुँदा ५ सय ३० मेघावाटसम्म विद्युत उत्पादन हुन सक्थ्यो । भारतबाट विद्युत आयात नहुँदा पनि हप्ताको १६ घण्टा भन्दा बढी विद्युत काट्नु पर्ने अवस्था आउनु नपर्ने थियो । तर व्यवस्थापनको कमजोरी लुकाउने एउटा बहाना बन्यो भीषण बाढी । त्यसबेला विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशकले सुख्खा याममा हिमालमा आश्रित नदीहरूमा जलप्रवाह कम हुने हुँदा हप्तामा ४८ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने अवस्था रहेको आँकलन प्रस्तुत गरे । त्यसबेला माघ १८, ०६४ देखि फागुन १६, ०६४ सम्म सबैभन्दा धेरै, हप्ताको ४६ दशमलब ३ घण्टासम्म लोडसेडिङ भएको तथ्याङ्कले देखाउँछ । २०७२ सालको हिउँदमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ झेल्न नेपाली बाध्य भए । भदौ २९, ०७३ मा कुलमान घिसिङ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भए । त्यसै वर्ष लक्ष्मी पूजाको दिन काठमाडौंमा एकैछिन पनि बत्ती निभेन । होस सम्हालेदेखि नै लक्ष्मी पूजाको दिन बत्ती नगएको थाहा नपाएका मजस्ता धेरै आश्चर्य चकित भयौं । समाजिक सञ्जालहरूमा आश्चर्य मान्दै आफनो क्षेत्रमा बत्ती नगएको पोष्ट आउन थाले । सबैले आ–आफनो क्षेत्रमा बत्ती नगएको बताउँदा काठमाडौंभरि नै बत्ती नगएको थाहा भयो । काठमाडौंबासीसँगै सम्पूर्ण देश आश्चर्यचकित भयो । अघिल्लो हिउँदमा मात्र १८ घण्टाको लोडसेडिङ झेलेका जनता वर्ष दिनमै सबैभन्दा बढी विद्युत खपत हुने लक्ष्मी पूजाको दिन बत्ती नकाटिँदा आश्चर्यमा पर्नु स्वाभाविक थियो । प्राधिकरणका नयाँ कार्यकारी निर्देशकले रातभरी खटिएर विद्युत व्यवस्थापन गर्दा, भएकै विद्युतको प्रभावकारी वितरण गर्दा बत्ती काट्नु नपरेका समाचार आउन थाले । पत्याउन गाह्रो थियो । यसरी अचानक लोडसेडिङ अन्त्य होला भनेर आम जनताले सोचेका पनि थिएनन् । लोडसेडिङ अन्त्य गर्छौं भन्ने नेताहरूका अनेक बेलाका आश्वासन र भाषण जनताले पत्याउन छोडिसकेका थिए । लोडसेडिङ आफ्नो नियति नै हो भन्ने लाग्थ्यो जनतालाई । त्यसैले कसैले आँकलन गरे पनि, नगरे पनि वा मान्न चाहे पनि, मान्न नचाहे पनि पछिल्लो समय नेपाल लोडसेडिङ मुक्त हुनु भनेको नेपालीको नियतिको सबैभन्दा आश्चर्यजनक परिवर्तन हो । यसरी एकैपटक अँध्यारोबाट उज्यालो हुनु भनेको देश राजतन्त्रबाट गणतन्त्रमा गएकोजत्तिकै परिवर्तन हो भन्न सकिन्छ । मान्नु नमान्नु आप्mनो कुरा ।

अब, कुलमानलाई नै निरन्तरता दिने वा नदिने भन्ने विषय नितान्त सरकारले निर्णय गर्ने विषय हो । सरकारको प्राथमिकता कुलमानको निरन्तरता होइन, भइरहेको कामको निरन्तरता नै हुनुपर्छ ।

पक्कै पनि लोडसेडिङ अन्त्य हुनुमा कुलमान एक्लैले कुनै चमत्कारिक काम गरेका होइनन् । तर काम गरेका भने हुन् । हो, उनीभन्दा अघिकाले काम नगरेकै हो । कमिसनका खेलबाहेक केही सोचेनन् भन्दा आरोप लगाएको हुन्छ भने होस् तर भएको त्यस्तै हो । कुलमानले काम गरे अरूले साथ दिए । काम गर्दा साथ पाइन्छ । कुलमान आफैं भन्छन्– मैले कुनै नयाँ काम गरेको हैन, भएकोलाई नै व्यवस्थापन गरेको हो । कुलमान यसरी हेर्दा कुशल व्यवस्थापक पनि हुन् । उनलाई कुशल व्यवस्थापक भनिएकै कारणले विद्युत सुधारेका कुलमानलाई अन्त पठाऔं, अन्त पनि सप्रिन्छ भन्छन् । तर त्यसो भन्नेका पछाडि नियत पक्कै सही छैन । त्यो त्यही समूह हो, जसलाई कुलमानले लोडसेडिङ अन्त्य गर्दा चित्तै बुझेको थिएन । लोडसेडिङ फेरी होस्, कुलमान असफल होउन् भनेर उनीहरू नै हुन् लगातार कामना गर्ने । त्यसको पछाडि अरू कुनै कानुनभन्दा नाजायज कमाइ रोकिएको एउटै कारण हो भनेर अनुमान लगाउन गाह्रो मान्नु पर्दैन । प्राधिकरणलाई अभूतपूर्व फाइदामा लान सक्नु, चुहावट कम गर्नुजस्ता काम पनि कुलमानका उपलब्धि हुन् । पक्कै पनि यसमा पहिलेदेखि भएका कामको पनि केही श्रेय होलान् । तर विगत ४ वर्षदेखि कुलमान छन्, यसको मुख्य श्रेय उनकै हो र उनले काम गरेका हुन् भन्ने मान्न कुनै आइतबार पर्खनु पर्दैन । अब, कुलमानलाई नै निरन्तरता दिने वा नदिने भन्ने विषय नितान्त सरकारले निर्णय गर्ने विषय हो । सरकारको प्राथमिकता कुलमानको निरन्तरता होइन, भइरहेको कामको निरन्तरता नै हुनुपर्छ । आम जनताको सरोकार पनि भइरहेको कामको निरन्तरता नै हुनुपर्छ । त्यसमा पात्र कोही पनि हुन सक्छ । सिस्टम सही भयो भने कुनै व्यक्ति आउँदा पनि फरक पर्दैन । इमान्दारितापूर्वक काम गरे पुग्छ । तर अहिले मुख्य प्रश्न हो, के सिस्टम सही भैसक्यो त रु कुलमानबाहेक अरू व्यक्तिले अहिलेको कामलाई निरन्तरता दिन सक्लान् त रु नेपथ्यमा कुनै त्यस्ता पात्र देखिएका छन् त ? अब आउने पात्र कुलमानजस्तै नियत सफा भएका होलान् त ? नेपथ्यमा कोही देखिएको जस्तो लाग्दैन । कुलमानले आउनुअघि नै आफूलाई चिलिमेमा सावित गरिसकेका थिए । त्यस्ता अरू कुनै व्यक्ति छन्, जसले त्यसरी कुनै काम गरेर आफूलाई सावित गरेका होउन् रु छन् भने ठिकै छ । छन् भने अहिलेसम्म त मञ्चमा देखिइसकेको हुनुपर्ने हो । तर खै त ? त्यसैले विकल्प केही छ त ?( नेपाल पब्लिक )

 

Translate »