अर्थमन्त्री युवराज खतिवडाले आजै राजीनामा दिने


भदौ १९, काठमाडौं ।
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता युवराज खतिवडाले शुक्रवार साँझ राजीनामा दिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार आयोजित मन्त्रिपरिषद्को बैठकमा उनले पदबाट राजीनामा दिन लागेको बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म सरकारमा रही पुर्‍याएको योगदानको प्रंशसा गर्दै धन्यवाद दिनुभएको थियो । अर्थमन्त्री खतिवडाको कार्यकाल शनिवार सकिंदैछ । उनले अपरान्ह ४ बजे राजीनामा दिन लागेको श्रोतले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार आयोजित मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीगण । तस्वीर सौजन्य प्रधानमन्त्रीको निजी सचिवालय बताएको छ । राष्ट्रिय सभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो अन्त्य भएको हो ।

Translate »