एक बर्षमा ३४ जना नयाँ एचआईभी संक्रमित


स्काई न्यूज / भदौ १८,अछाम ।
अछाममा एक बर्षको अवधिमा ३४ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् । आर्थिक बर्ष २०७६/७७ मा ३४ जना नयाँ एचआईभी संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । विगतका बर्षभन्दा कम संख्यामा संक्रमित थपिए पनि संक्रमितको संख्या राष्ट्रिय लक्ष्य अनुसार शून्यमा भने नपुगेको स्वास्थ्य कार्यालय अछामका सिनियर जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले बताए। अछाममा हाल छ सय ५५ जना एचआईभी संक्रमितले नियमित उपचार सेवा लिईरहेका छन् । उनीहरु नियमित स्वास्थ्य संस्थाको सम्पर्कमा रहेर उपचार सेवा लिई रहेका पाईएको छ । उनीहरु एआरटी सेवा लिईरहेका छन ।

Translate »