कर्णालीका कानूनमन्त्री होम आइसोलेशनमा

स्काई न्यूज / भदौं १८, सुर्खेत ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका सुरक्षा गार्डसहित मन्त्रालयका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मीसहित पाँच जनामा संक्रमण पुष्टि भएपछि मन्त्री भण्डारीको अहिले होम आइसोलेशनमा बस्नु भएको हो । मन्त्रालयमै कार्यरत कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गर्दै मन्त्री भण्डारी लगायत अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मन्त्रालयका पाँचजनामा संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले जानकारी दिए ।

उनले दुई जना मन्त्रीका सुरक्षा गार्र्ड, एक जना सवारी चालक, एक जना मन्त्रालयको गेटमा कार्यरत सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगी रहेको बताए । कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण पृष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यसैवीच प्रदेश आयुर्वेद औषधालयमा सेवा लिन आएका एक जना सेवाग्राहीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि विहीबारदेखि औषधालयको अत्यावश्यक काम बाहेका सेवा बन्द गरिएको छ । औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले आइतबारदेखि सेवाग्राहीका लागि औषधालय पुनः सुचारु गरिने जानकारी दिए ।

Translate »