ब्राजिलमा पुरुष र महिला फुटबलरको सुविधा बराबर

भदौ १८,काठमाडौं ।
ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष रोजेरियो काबोक्ले यस वर्षको मार्चबाट उक्त निर्णय कार्यान्वयनमा आएको बताएका छन् । ब्राजिलले अन्तर्राष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने भएको हो । यो वर्षको मार्चबाट पुरुष तथा महिला फुटबलको पुरस्कार र दैनिक भत्ताको मूल्य बराबरी,’ रोजेरियोले भनेका छन् ।‘राष्ट्रिय टिममा रहँदा खेलाडीले समान रुपमा कमाई गर्नेछन् ।

पुरुषले प्राप्त गर्ने रकम सरह नै महिलाले समेत प्राप्त गर्नेछन् । ओलम्पिकमा उनीहरुले बराबरी रकम पाउनेछन्,’ उनले थपे । मार्चमा फ्रान्समा भएको विश्वकपबाटै महिला राष्ट्रिय टिमलाई पनि पुरुष सरह रकम दिन थालिएको संघले जनाएको छ । ‘अर्को वर्ष ओलम्पिकमा जित हासिल गरेपनि उनीहरुसँग त्यही हुनेछ, जो पुरुषहरुले पाउनेछन्,’अध्यक्ष काबोक्लेले भने । अष्ट्रेलिया, नर्वे तथा न्युजिल्याण्डसहितका धेरै देशले महिला तथा पुरुष खेलाडीलाई समान तलब सुविधा उपलब्ध गराउँदै आएका छन् । ब्राजिलको महिला फुटबलमा यो अर्को यात्राको सुरुआत भएको छ । कोरोना महामारीका कारण ब्राजिली महिला टिमले मार्च यता कुनै खेल खेलेको छैन ।

Translate »