भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको ट्विटर ह्याक

भदौ १८,काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको छ। मोदीको ट्विटर ह्याक ट्वीटरले पुष्टि गरेको छ । ह्याक भएपछि शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीवार बिहान ३:१५ मा मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो । ह्याक भएपछि गरिएका सबै ट्वीटहरू मेटिएको छ । गत जुलाईमा पनि विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको ट्विटर ह्यान्डलहरू ह्याक भएका थिए। त्यति बेला अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका जो बाइडन र अर्बपति व्यापारी एलन मस्कको ट्विटर खाता पनि ह्याक भएको थियो। ट्विटरले विज्ञप्ती निकाल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको सूचना पाएको र सुरक्षाका लागि आवश्यक कदम चालिएको उल्लेख गरेको छ। ​ट्विटरकी एक प्रवक्ताले उक्त विषयको जाँच भइरहेको र अन्य ट्विटर ह्यान्डल प्रभावित भएकोबारे जानकारी नभएको जनाएकी छन् । मोदीको निजी वेबसाइटका लागि प्रयोग हुने उक्त ह्यान्डललाई २५ लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका थिए। (थाहा खबर)

Translate »