सामान ओसार्न तुइनकै भर

दीपक शर्मा / सल्यान ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर–७ बैसपानीका स्थानीयहरू अझै पनि तुइनकै भरमा सामान ओसारपसार गर्दै आइरहेका छन् । बैसपानी क्षेत्रमा झोलुङ्गे पुल भएपनि स्थानीयहरू शुल्क तिरेर तुईनबाट सामान वारपार गराउने गर्दछन् । नेपाल सरकारले तुइन विस्थापित गरेको घोषणा गरेपनि सुर्खेत र सल्यानका सिमाका स्थानीयहरुले सामान ओसारपसारमा तुइनको प्रयोग अझै गर्र्दै आइरहेका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका–११ रैकर र सुर्खेत सिम्ता गाउँपालिका ७ बैसपानीमा जोडिएको १ हजार १ सय मिटर लामो तुइनमार्फत विगतदेखि नै सो क्षेत्रका स्थानीयहरू तुइनको प्रयोग गर्दै आएको तुइन सञ्चालक अम्बर खत्रीले बताए । तुइनमार्फत मानिसहरू वारपार नगरेपनि नियमित रूपमा सामानहरू शुल्क तिरेर ल्याउने र लैजाने गरेको उनले जानकारी दिए ।

सामान वारपार गराए वापत प्रतिकिलो १ रूपैयाँ ५० पैसा लिने गरेको उनले जानकारी दिए । रैकरबाट उकालोमा ४० किलोसम्म र ओरोलामा ८० किलोसम्म सामान वारपार गराउन सकिने खत्रीले जानकारी दिए । १ रूपैयाँ ५० पैसामध्ये ५० पैसा तुइन मर्मतका लागि जम्मा गरिने र बाँकी एक रूपैयाँ आफ्नो पारिश्रमिक वापत लिने गरेको उनले जानकारी बताए । वि.सं २०६८ भदौमा सञ्चालनमा आएको पुल एक वर्षपछि निर्माण सम्पन्न सम्पन्न भएको थियो । तत्कालिन जिल्ला विकास समिति सुर्खेतको ६५ हजार, तत्कालिन काप्रचौर गाविसको २५ हजार सहयोग र प्राक्टिकल एक्सन नेपाल, दलित सेवा संघ सुर्खेत र विश्व खाद्य संस्था सल्यानको सहयोग र जनताको श्रमदानबाट उक्त तुइन बनेको हो । झोलुगे पुल भएपनि पुलबाट सामान वारपार गर्न अप्ठेरो भएकाले रूपैयाँ तिरेर भएपनि तुइनबाट सामान वारपार गराउँदै आइरहेको शिक्षक नवीन केसीले बताए । मर्मतको लागि सुर्खेत सिम्ता गाउँपालिकाले ९० हजार सहयोग गरेको उनको बताए । सामान बोकेकै पैसाबाट तुइन मर्मत गरिने सामानबाहेक अरू व्यक्तिहरू झोलुङ्गे पुलबाट जाने केसीको भनाई छ ।

Translate »