उद्योगपति तथा व्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण

भदौ १२, काठमाडौं ।
उद्योगपति तथा व्यवसायी एवं सांसद विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई कोभिड–१९ को संक्रमण भएको उनले सार्वजनिक गरेका हुन् । शुक्रवार उनले ट्विट गर्दै सम्पर्कमा रहेकाहरूलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् । उनले भनेका छन् ‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाह अनुसार आफूलाई आइसोलेट गरेको छु । म सँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’ उनी चौधरी ग्रूप अफ इन्डस्ट्रिजका मालिक पनि हुन् ।

Translate »