विदेश पढ्न जान चाहने विद्यार्थीलाई एनओसी दिइने

भदौ ११,काठमाडौँ ।
कोरोनाका कारण गत फागुन २९ देखि सरकारले एनओसी दिन रोकेको थियो । ‘मन्त्रिपरिषद्को निर्णय आएपछि अनलाइनबाटै एनओसी प्राप्त गर्न सक्ने व्यवस्था मिलाएका छौं,’ मन्त्रालयका सहसचिव रामशरण सापकोटाले भने । यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था थियो । सरकारले विदेश पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी)दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थीलाई एनओसी दिने निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

हाल एनओसी लिन चाहने विद्यार्थीले मन्त्रालयले तोकेको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । आवेदन स्वीकृत भए–नभएको बारे पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइनेछ । आवेदन स्वीकृत भए विद्यार्थीले तोकिएको बैंकमा दस्तुर जम्मा गर्नुपर्नेछ । आवेदकलाई एनओसी लिने मिति इमेलमार्फत जानकारी गराइनेछ,’ उनले भने । अनुमतिपत्र लिन भने विद्यार्थी शाखामै उपस्थित हुनुपर्नेछ । गत आर्थिक वर्षमा ६३ हजार विद्यार्थीले विदेश अध्ययन गर्न जान अनुमति लिएका थिए । सबैभन्दा बढी अस्ट्रेलिया जानका लागि अनुमति लिइएको थियो । साढे ५ महिनादेखि एनओसी दिन रोक्दा करिब ३० हजार विद्यार्थी प्रभावित भएका थिए ।

Translate »