भारतमा एकैदिन ७६ हजार संक्रमित

एक हजार २३ जनाको मुत्यु


भदौ ११, नयाँदिल्ली ।
भारतमा एकैदिन करीब ७६ हजार संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बिहीवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना संक्रमित थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा संक्रमितहरुमध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । ती मध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कुल संक्रमितमध्ये सात लाख २५ हजार ९९१ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । साथै, भारतमा कोरोना भाइरस संक्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जानकारी दिइएको छ । भारतको महाराष्ट्र प्रदेश कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रदेशमा अहिलेसम्म कुल एक लाख ७३ हजार १९५ जना संक्रमित रहेका छन् ।( रासस/ एएनआई)

Translate »