निषेधाज्ञाले सुनसान वीरेन्द्रनगर

 

स्काई न्यूज / भदौ ११,सुर्खेत ।
यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजार लगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो । निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मंगलवार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमवारदेखि भदौ ५ गते शुक्रवारसम्म नगरपालिका क्षेत्रभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । संक्रमणको दर बढ्दै गएका कारण ४ दिन निषेधाज्ञा थप गरिएको छ । प्रशासनले अत्यावश्यकीय क्षेत्रहरू मेडिकल, दूध, ग्यास र तरकारी पसलबाहेक अन्य सबै क्षेत्रहरू बन्द गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा नै अन्तिम विकल्प देखेको हो ।

Translate »