अख्तियारमा १ हजार ८० उजुरी, ६१३ पर्छ्योट

स्काई न्यूज / भदौ ८,सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयमा १ वर्षमा करीब ११ सय उजुरी परेका छन् । कार्यालयका अनुसार गत आव २०७६/७७ मा कर्णाली प्रदेशबाट कुल १ हजार ८० उजुरी परेका छन् । तीमध्ये ६१३ फछ्र्योट भएको र ४६७ उजुरीमाथि अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए । उक्त अवधिमा प्रदेशका स्थानीय तहविरुद्ध ५५४ उजुरी परेका छन् । प्रदेशका १० जिल्लामध्ये धेरै उजुरी दैलेखका स्थानीय तहविरुद्ध परेका छन् । दैलेखका ११ स्थानीय तहविरुद्ध ११८ उजुरी परेका छन् । तीमध्ये ७८ ओटा फछ्र्योट भएको र ४० अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी मेघनाथ सापकोटाले बताए । सुर्खेतका ९ स्थानीय तहविरुद्ध ९१ ओटा उजुरी परेको कार्यालयको तथ्यांक छ, जसमध्ये ६० उजुरी फछ्र्योट भएका छन् भने ३१ बाँकी छन् । यस्तै कालिकोटका ९ स्थानीय तहविरुद्ध ६२ उजुरी परेका छन् भने सल्यानका १० स्थानीय तहविरुद्ध ४७ उजुरी परेका छन् ।

त्यसमध्ये ४२ ओटा टुंगो लागेका छन् । यसैगरी मुगुका चार स्थानीय तहविरुद्ध २५, डोल्पाका ८ स्थानीय तह विरुद्ध २२, जुम्लाका ८ स्थानीय तहविरुद्ध ४४, रुकुम पश्चिमका ६ स्थानीय तहविरुद्ध ४६, हुम्लाका ७ स्थानीय तहविरुद्ध ३२ र जाजरकोटका ७ स्थानीय तहविरुद्ध ६७ उजुरी गरी परेका छन् । प्रदेशका सबै स्थानीय तहविरुद्ध ५५४ उजुरी परेकोमा ३१८ फछ्र्योट भएको र २३६ उजुरीउपर अनुसन्धान भइरहेको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । संघ अन्तर्गतका मन्त्रालयहरूविरुद्ध ३१६ उजुरी परेका छन् । प्रदेश मन्त्रालय अन्तर्गत सबैभन्दा धेरै उजुरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयविरुद्ध परेका छन् । उक्त मन्त्रालयविरुद्ध १२६ उजुरी परेकोमा ७६ ओटा टुंगो लागेका छन् । ५० उजुरी उपर अनुसन्धान भइरहेको सापकोटाले बताए । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयविरुद्ध सबैभन्दा कम एउटा मात्र उजुरी परेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा २९ उजुरी परेका छन्, जसमध्ये भौतिक पूर्वाधार र यातायाततर्फ ७, सिँचाइमा ९ र खानेपानी, शहरी विकासमा १३ उजुरी परेका छन् । यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २० उजुरी परेका छन्, जसमध्ये सातओटा फछ्र्योट भएका छन् भने १३ उजुरी अनुसन्धानकै क्रममा छन् । सामाजिक विकास मन्त्रालयमा ३४ उजुरी परेकोमा १७ फर्छ्योट भएका छन् ।

Translate »