वीरेन्द्रगरमा ४ दिन निषेधाज्ञा थपियो

ज्याला, मजदुरी गरि खानेलाई सकस

स्काई न्यूज /भदौं ४, सुर्खेत ।
कोरोना संक्रमितको संख्या बढेसँगै सुर्खेतको वीरेन्द्रनगरमा निषेधाज्ञा थपिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको विहीबार वीरेन्द्रनगरमा बसेको बैठकले ४ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भदौं १ गतेदेखि ५ गततेसम्म जारी गरेको निषेधाज्ञा थप गरेर भदौं ९ गते राति १२ बजेसम्म बढाईएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिका क्षेत्रमै कोरोना संक्रमितहरुको संख्या दिनुहँ बढ्न थालेपछि निषेषाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘पछिल्लो समय सदरमुकाममै संक्रमणको दर बढ्दो छ,’ सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले भने, ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ४ दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको हो ।’ उनले निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सबै काम बन्द हुने बताए ।

तीजमा जमघट बढी हुने भएकाले  संक्रमण दर बढ्न बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै निषेधाज्ञा थप्नु परेको उनको भनाइ छ । निषेधाज्ञा गरिएसंगै सवारी साधन तथा स्थानीयहरु हिड्डुलमा रोक लगाईएकाले आवतजावत कठिनाई भईरहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञाले ज्यालादारी, मजदुरी र दिनदुःखीको दैनिकलाई प्रभावित बनाएको छ । जुम्लाको सिंजा घरभई पछिल्लो ७ वर्षदेखि  वीरेन्द्रनगरमा होटल मजदुरी गर्दे आईरहेका हरेराम पाण्डेले रोग भन्द भोगले दैनिकी कष्टकर बनाईरहेको बताए ।

Translate »