रोल्पामा युद्ध संग्रहालय

स्काई न्यूज / साउन ३१,रोल्पा ।
माओवादी सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पामा युद्ध संग्रहालय बन्ने भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ तिलामा तात्कालिन शान्ति प्रक्रियाका क्रममा पूर्व लडाकुहरुको शिविर रहेको ठाउँमा अहिले युद्ध संग्रालय बनाउन लागिएको हो । गत आर्थिक वर्षमा संघीय सरकारको ५० लाख र ५ नम्बर प्रदेश सरकारको ४० लाखबाट युद्ध संग्रहालयका लागि शालिक सहितको गेट, सूचना केन्द्र र सभाहल निर्माण गरिएको छ । यस्तै संग्राहलयसम्म पुग्न सिँढी र वरपर तारबार गरिएको छ । संग्रहालयमा तत्कालिन युद्धमा प्रयोग भएका विभिन्न सामाग्री तथा युद्ध झल्काउने सामाग्री राखिने छन । संग्राहलय बनेपछि यस क्षेत्रमा पर्यटन प्रवर्धन हुने स्थानीयको छ ।

Translate »