सुर्खेतमा सोमबारदेखि निषेधाज्ञा

स्काई न्यूज/ साउन २९, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । विहीबार सम्पन्न जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘पछिल्लो समय संक्रमणको दर बढ्दो छ । रोकथाम र नियन्त्रणका लागि ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अत्यावश्यक बाहेकका सबै काम बन्द हुने छन ।

यसमा सबै नागरिकको साथ तथा सहयोग अपेक्षा राखेका छौं ।’ उनले निश्चित समयका लागि मात्र निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाका कामहरु भने कुनै बाधा नपर्ने जनाए । निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, विद्युत, दरसञ्चार, खानेपानी दुध, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ औषधी, तरकारी पसल जस्ता अतिआवश्किय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने छन् । ‘बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने कार्यमा निषेधाज्ञा लागु हुनेछ,’ उनले भने, ‘निषेधाज्ञाको क्रममा समस्यामा परेका व्यक्तिलाई राहत तथा उद्दार गर्न अनुगमन समिति बनाएर परिचालन गर्नुका साथै आवश्यकता अनुसार आपत विपतमा परेको व्यक्तिलाई पूर्ण सहयोग गरिनेछ ।’ तर आपत विपतका नाममा मनमौजी गर्ने प्रवित्तिलाई कुनै छुट दिने नहुने उनको भनाइ छ । कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयसहित सेवाग्राहीको बढी भीड हुने कार्यालयहरु साउन २५ गतेबाटै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेका छन् ।
पीसीआर रिपोर्ट अनिवार्य
सुर्खेत प्रवेश गर्ने मुख्य नाकाहरुबाट भित्रनेहरुलाई अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । मुख्यमगरी सुर्खेत भित्रने बबई, कुइने, कालिमाटी काल्चेबाट जिल्ला भित्रनेहरुलाई अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाए मात्रै आउन दिने जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो । बैठकले देश भित्रबाट आएका र भारतबाट आएका नेपाली नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने र प्रवेशका लागि कम्तीमा ३ दिन अगाडिको पीसीआर रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । यो नियम भाद्र १ गते लागु हुने छ । त्यस्तै रातीको समय पूर्णरुपमा बन्द हुने बताइएको छ ।

Translate »