रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने


साउन २८,काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने बताए । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्न विशेष रणनीतिका साथ काम गरिरहेको जानकारी दिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सरकारले युवा लक्षित बजेट विनियोजन गरेर युवा जनशक्तिलाई सक्षम बनाउन लागेको जानकारी दिए । सरकार सम्पूर्ण युवाको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई देश निर्माणमा अघि बढ्न आग्रह गरे । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवाहरूको विकास र परिचालनमा परिषद्ले गाउँ गाउँसम्म पुगेर अभियान सञ्चालन गर्दै आएको जानकारी दिए । सन् २००४ देखि हरेक वर्ष अगष्ट १२ का दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

Translate »