लघु उद्यममा महिला आकर्षण

स्काई न्यूज  / साउन २०,सल्यान । 
सल्यानमा महिलाका नाममा उद्योग तथा व्यवसायीक संस्था दर्ता गर्नेको संख्यामा वृद्धि आएको छ । राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजस्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सख्यामा वृद्धि आएको हो । जिल्लामा धेरै महिलाले आफ्नै व्यवसाय सञ्चालन गरेर आत्मनिर्भरताको बाटोमा लागेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले जनाएको छ । लघु उद्योग, घरेलु उद्योग र साना उद्योगमा महिलाको आर्कषण बढ्दै गएको कार्यालयका सूचना अधिकारी ध्रुव खत्रीले बताए उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३५ उद्योग महिलाको नाममा दर्ता भएका छन् । जिल्लाको कुल जनसंख्याको २५ प्रतिशत महिला आर्यआर्जनमा लागेको खत्रीको भनाई छ । गत आर्थिक वर्षमा ५ सय ३४ महिलाले रोजगारी पाएको उनले बताए । महिलाले विशेष गरी सिलाई, कुखुरापालन, बाख्रा पालन, ब्युटीपार्लर लगायतमा सहभागिता जनाएका छन् । जिल्लामा धेरै जसो महिला सिलाई सेन्टर सञ्चालन गरेको सूचना अधिकारी खत्रीले बताए । उनले भने ‘आफ्नो उद्योग दर्ता गरेर उद्योगमा लागेका महिलालाई कार्यालयको तर्फबाट पनि सीप, अनुदान र तालिमको समेत व्यवस्था गरेका छौं ।’जिल्लामा हालसम्म २ सय ४२ महिलाले आफ्नो नाममा उद्योग दर्ता गराएका छन् ।

Translate »