विपदबाट क्षति भएका प्रति घरपरिवारलाई १ लाख

स्काई न्यूज / साउन १८, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट पूर्णरुपमा क्षति भएका प्रति घरपरिवारलाई आवास निर्माणका लागि एक लाख राहत दिने भएको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्बाट पूर्णरुपमा क्षति भएका परिवारलाई आवास निर्माणका लागि एक लाख रूपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो । बैठकले विपद्बाट क्षति भएका परिवारका लागि तीन महिनासम्म पुग्ने खाद्यन्न समेत उपलब्ध गराउने निर्णय भएको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । उनले तत्काल सरकारको सानो सहयोगबाट पीडितलाई केही हद सम्म राहत महसुस हुने अपेक्षा राखेको बताईन् । बैठकले जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय समेत भएको उनले बताईन् ।

Translate »