सस्तो कर्जा ल्याउँदै राष्ट्रिय वाणिज्य बैंक

 

साउन  १७, काठमाडौं ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सस्तो व्याजदर कर्जा लाउने भएको छ । कोरोनाको महामारीका कारण निम्तिएको आर्थिक संकटलाई मध्यनजर गर्दै बैंकले आगामी हप्ताबाटै हालसम्मकै सस्तो ब्याजदरमा कर्जा उपलब्ध ल्याउन लागेको हो । २६ वटा निजी व्यापारिक बराबर राष्ट्रिय वाणिज्य बैंकले एक्लै सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा कर्जाहरु उपलब्ध गराउने भएको छ । बैंकले आगामी हप्ताबाटै बजारमै सबैभन्दा सस्तो ब्याजदरको घर कर्जा योजना लागू गर्न लागेको छ । बैंकले ७ दशमलब २५ प्रतिशत वार्षिक व्याज दरमा घर कर्जा उपलब्ध गराउन लागेको हो । यसै गरी बैंकले अन्य २६ वटा कमर्सियल बैंक बराबर एक्लै सहुलियत कर्जाको उपलब्ध गराउँदै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिए ।

कुल कर्जाको १ प्रतिशत सहुलियत कर्जा दिने पनि वाणिज्य बैंकको योजना छ । कोरोना भाइरसको महामारीका कारण छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै बैंकले सबै कर्जाको व्याजदर घटाएको छ । हालको अधिकतम ब्याजदर नै ९ दशमलब ३२ प्रतिशत रहेको छ । यसै गरी बैंकले सार्वजनिक संस्था तथा कर्पोरेट निकायहरुलाई लक्षित गरी ती संस्थासँग समझदारी गरेर कर्मचारीलाई पेसागत कर्जा उपलब्ध गराउन लागेको हो । बिना धितोको पेसागत कर्जाको वार्षिक ब्याजदर ८ दशमलब ०७ प्रतिशत मात्रै रहने जानकारी दिइयो छ । यसै गरी  बैंकले अवकाश प्राप्त कर्मचारीका लागि पनि सहुलियत दरको कर्जा उपलब्ध गराउने योजना अगाडि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकमा खुल्ला प्रतिस्पर्धाबाट छानिएर आएका युवा र दक्ष जनशक्ति रहेकाले सरकारी बैंकमा ढिला सुस्ती हुन्छ भन्ने पुरानो मानसिकतालाई अन्त्य गर्ने मुख्य लक्ष्य रहेको नायब प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

Translate »