नार्कले बिस्तार गर्‍यो देशभर बेसारको नयाँ जात

स्काई न्यूज / साउन १७, सल्यान ।
नेपालमा बेसारको नयाँ जात विस्तार गरिएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम सल्यानको कपुरकोटले दुई वर्ष लामो अनुसन्धानपछि बेसारको दुई ओटा नयाँ जात पत्ता लगाएको हो ।नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गत रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम सल्यान कपुरकोटले ‘कपुरकोट हलेदो– १’ र ‘कपुरकोट हलेदो– २’ सहित दुई ओटा बेसारको नयाँजात सिफारिस गरेको हो । ‘कपुरकोट हलेदो– १’ नेपालका मध्य पहाड क्षेत्रमा खेती गर्नका लागि सिफारिस गरिएको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डा समिद अहमदले जानकारी दिए ।नेपालको तराई र मध्य पहाडी भेगमा उत्पादन गर्न सकिने बेसार समुन्द्री सतहदेखि १ हजार ६०० मिटर उचाईको भुभागसम्म उत्पादन गर्न सकिने उनको भनाइ छ ।

‘अहिले हामीले नयाँजातको करीब २ हजार ३०० केजी नयाँ बिऊ उत्पादना गरेर नेपालका विभिन्न जिल्लाहरुमा पुर्‍याएका छौं’, उनले भने ।कपुरकोट हलेदो–१ को उत्पादन क्षमता २७ दशमलव ८३ मेट्रिक टन प्रतिहेक्टर छ भने बेसार बन्ने क्षमता १३ दशमलव ८ प्रतिशत छ । उनका उक्त जातको बेसारमा वास्नादार तेलको मात्रा ७ दशमलव ५ प्रतिशत छ ।बेसारको नयाँ जातलाई धादिङ, अर्घाखाँची, दाङ र नुवाकोटमा रहेका कृषि ज्ञान केन्द्रलाई उपलव्ध गराएको अदुवाबाली अनुसन्धान केन्द्र कपुरकोटका सूचना अधिकारी खेमराज शर्माले बताए ।‘आगामी आर्थिक वर्षमा अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने लक्ष्य रहेको छ’, उनले भने, ‘यो नयाँ जातीको वेसार उत्पादन राम्रो हुने र रोगप्रतिरोधात्मक क्षमता बढी भएकाले पनि कृषकहरुलाई सिफारिस गरिएको हो ।’अदुवाबाली अनुसन्धान कार्यक्रमका अनुसार नेपालको करीव ७ हजार ३०० हेक्टर क्षेत्रफलमा बेसारको खेती गर्ने गरिएको छ । जसमा एक वर्षमा ७१ हजार ५०० मेट्रिक टन उत्पादन हुने गरेको छ ।
जिल्लाका तीन स्थानमा बेसार पकेट क्षेत्र बिस्तार
सल्यानमा तीन ओटा क्षेत्रलाई बेसार पकेट क्षेत्रको रुपमा बिस्तार गरिएको छ । यहाँका किसानहरुले सामुहिक वेसार खेतिसमेत शुरु गरिएको कृषि विकास कार्यालय सल्यानले बताएको छ । जिल्लाका शारदा नगरपालिकाको माल्नेटा, कालीमाटी गाउँपालिका र बागचौर नगरपालिकालाई बेसार उत्पादन पकेट क्षेत्रको रुपमा घोषणा गरी बेसार उत्पादन शुरु गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार वस्नेतले जानकारी दिए । जिल्लामा ३५० हेक्टरभन्दा बढी क्षेत्रफलमा बेसार खेती हुँदै आएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाभर ३ हजार १४ मेट्रिक टन बेसार उत्पादन भएको छ भने यो वर्ष पनि समयमै वर्षात भएकोले बेसार उत्पादनमा वृद्धि हुने कार्यालयको अनुमान छ ।

Translate »