रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी

पहिलो पटक रेडियोकै कर्मचारी बने कार्यकारी निर्देशक

साउन १३,काठमाडौँ ।
सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये सरकारले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो । केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक हुन् । रेडियो नेपालको इतिहासमा कर्मचारीबाटै कार्यकारी निर्देशक नियक्तु भएको यो नै पहिलो पटक हो ।

 

Translate »