एकैदिन साढे ६ सयलाई राहत वितरण
बद्री पन्त /साउन १०, जाजरकोट ।
जाजरकोटको बारेकोटका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । बारेकोटमा गत असार २५ गते आएको बाढीपहिरोमा परी विस्थापित भएका ६ सय ५० घर परिवारलाई शनिबार गैर खाद्य सामग्री विरण गरिएको हो । नेपाल रेडक्रस लगायतका सहयोगी संघसंस्थाले संकलन गरेको राहत सामग्रीलाई स्थानीय तह मार्फत वितरण गरिएको छ । ३ सय ७५ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा जाजरकोटले उपलब्ध गराएको ३ सय ७५ थान त्रिपाल, ३ सय ५० थान कम्बल बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरिएको हो । रेडक्रस जाजरकोट शाखाका मन्त्री धिरेन्द्र शाहले भौगोलिक विकट्ता लगायत कारणले गर्दा ढुवानी गर्न समस्या भएकै कारणले राहत वितरणमा ढिलाई भएको बताए ।
‘जहाँ दुख पर्छ त्यहाँ सबै भन्दा पहिले रेडक्रस पुग्छ । फेरीपनि यसपटक भौगोलिक विकटतासँगै प्रतिकुल मौसमका कारण राहत वितरणमा ढिलाई भयो,’ उनले भने, ‘हामीले आफ्नो शक्ति र सामाथ्र्यको अधिकतम उपयोग गर्दे पैदल मार्गबाटै राहत सामाग्री पु¥याएका छौं । राहत सामग्री अपुग भए तत्कालै थप व्यवस्थापन गर्ने योजना बनाउका छौं ।’ पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदीप जंग शाहले केयर नेपाल र पहाडी क्षेत्र विकास अभियानको समन्वयमा ३ सय ४५ सेट गैर खाद्य सामग्री कम्बल, त्रिपाल, बाल्टीन, म्याट लगायत सरसफाइको सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बेलाबेला विपतको सामना व्यहोर्दै बारेकोटका बासिन्दालाई ढिलै भएपनि सबै पीडित परिवारलाई राहत वितरण गरिएको जनाए । ‘अहिले पनि विभिन्न माध्यमबाट राहत संकलन कार्य जारी रहेको छ,’ उनले भने, ‘विस्थापित सबै परिवारलाई पर्याप्त पुग्ने गरी राहत वितरण गरिने छ ।
तपाईहरुको दुःखसुखमा साथ दिन स्थानीय सरकारले कुनै पनि कसर बाँकी राख्ने छैन ।’उनले दुखको विपत्तीमा सहयोग गर्ने सबै संघसंस्थालाई धन्यबाद व्यक्त गरे । उनका अनुसार पहिरोपीडितका लागि युनीसेफ नेपालले गैरखाद्य सामग्री उपलब्ध गराई सकेको छ । त्यस्तै विश्व खाद्य कार्यक्रमले २ महिना पुग्ने गरी ७ सय ५० घरपरिवारलाई चामल, दाल र तेलको व्यवस्था गर्न लागेको समेत अध्यक्ष शाहले जानकारी दिए । ‘विश्व खाद्य कार्यक्रमले २/३ दिन भित्रमा (हाई इनर्जी) अर्थात उच्च गुणस्तरीय शक्तिबद्र्धक विष्कुट विस्थापित परिवारलाई उपलब्ध गर्न लागेको छ,’ उनले भने, वास्तविक पीडितको पहिचानसँगै आवश्यकता अनुसारका समुदायलाई त्यो (हाई इनर्जी) अर्थात उच्च गुणस्तरीय शक्तिबद्र्धक विष्कुट वितरण गर्ने छौं ।’
उनका अनुसार पहिरोको कारण कुल ३ सय ३४ घरपरिवार विस्थापित भएका छन् । पहिरोले ५५ घर पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ । जाजरकोटमा हालसम्म १ हजार ५५ घरपरिवार बाढीपहिरोबाट प्रभावित भएका छन । सयौं हेक्टरमा जमिनमा लगाएको मकैबाली, धान खेती नष्ट भएको छ । एक गाउँबाट अर्कोगाउँ जानेआउने बाटो समेत बन्द छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफ्न्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् । बारेकोटमा बाढीपहिरोबाट ९ करोड बढीको क्षती भएको गाउँपालिकाले बताएको छ । पहिरोले ११ जनाको ज्यान जानुका साथै ३ जना अँझै वेपत्ता छन् ।