अक्सफोर्डले तयार पार्यो कोरोनाको भ्याक्सिन

१० करोड ‘डोज अर्डर’

स्काई न्यूज / साउन ६,काठमानडौं ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना निको पार्ने भ्याक्सिन तयार पारेको छ । विश्वविद्यालयको विज्ञ टिमले तयार पारेको भ्याक्सिनको परिक्षण गर्दा केहि संक्रमित निको भैसकेका छन् । संक्रमितमा परिक्षण गर्दा भ्याक्सिनले मानिसमा कोरोनासँगल लड्ने रोग प्रतिरोधी क्षमता (इम्यूनीटी पावर) बुद्धि भएको छ । कोभिड १९ सँग जुधिरहेको विश्वका लागि हालसम्म यो सबै भन्दा ठूलो सफलता मानिएको छ । विश्वविद्यालयका अनुसार यो भ्याक्सिन एक हजार ७७ जनामा परिक्षण गरिएको थियो । जो जो व्यक्तिहरुमा भ्याक्सिन प्रयोग गरिएको थियो, उनीहरुमा कोरोनासँग लड्ने रोग प्रतिरोधी हावइट ब्लड सेल र एन्टीबडी विकसित भएको प्रमाण फेला परेको छ ।बेलायत सरकारले अहिले नै यो भ्याक्सिनको १० करोड जोड माग गरिसकेको छ । नाम गरिएको भ्याक्सिनको तिब्रत्तर विकास गरिँदैछ । अक्सफोर्ड विश्व विद्यालयकी प्रोफेसर सारा गिलबर्टले कोभिड १९ सँगको युद्धमा यो ठूलो सफलता भएको तर पनि अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।

Translate »