खुट्टाले चलाएर हात धुने मेसिन सहयोग

५८ औं ईन्जिनियर्स दिवस

स्काई न्यूज/ साउन ३, सुर्खेत ।
नेपाल इन्जिनियर्स एशोसिएसन कर्णाली प्रदेशले सुर्खेत र दैलेखका चार स्थानमा आधुनिक प्रविधिको धारा निर्माण गरि सहयोग गरेको छ । एशोसिएशनले आफ्नो ५८ औं ईन्जिनियर्स दिवसको अवसर पारेर सुर्खेत र दैलेखमा खुट्टाको प्रयोग गरेर हात धुन सकिने आधुनिक प्रविधिको धारा सहयोग गरेको हो । कोरोना भाइरस रोकथामका लागि सहयोग पु¥याउने उद्देश्यले खुट्टाले चलाएर हात धुने मेसिनसहित स्याम्पुलगायतका सहयोग सामाग्री शनिबार सुर्खेतको वीरेन्द्रचोक र कृषि हाट बजारका लागि नगरपालिका–६, नम्वर वडा अध्यक्ष मोतिप्रसाद कँडेललाई हस्तान्त्ररण गरिएको एशोसिएसनका केन्द्रीय सदस्य कृष्णप्रसाद पाण्डेले बताए ।

 

उनले ईन्जिनियर्स दिवसको अवसरमा खुट्टाको प्रयोग गरेर हात धुन सकिने (फुड अप्रेड ह्यान्ड वास मेसिन) सुर्खेत र दैलेखसँगै वीरेन्द्रनगर स्थित बृद्धाआश्रमका आमाबुवाहरुलाई फलफुलसँगै खाद्यन्न सहयोग गरिएको जानकारी दिए । उनका अनुसार दिवसकै अवसरमा प्रदेशभरी विभिन्न रचनात्मक गतिविधिसँगै अनलाईन अन्तरक्रियालगायतका कार्यक्रम गरिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका–६, नम्वर वडाअध्यक्ष कँडेलले इन्जिनियर्स एशोसिएसनलाई सहयोग गरेकोप्रति धन्यवाद दिँदै सजिलै हात धुने सुविधा लिन सर्वसाधारणलाई आग्रह गरे ।

उनका अनुसार ६ नम्वर वडाका वीरेन्द्रनगर चोक र कृषि हाट बजारमा राखिएको उक्त मेसिनमा बायाँ गोडाले थिच्दा सेम्पु र दायाँ गोडाले थिच्दा पानी निस्कन्छ । गोडाको प्रयोग गरि सजिलै हात धुन सकिन्छ । खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनि उपयोगी हुने ईन्जिनियर टिकाराम पोखरेलले बताए । उनले ईन्जिनियर्स दिवसको अवसर पारेर हातले पटक पटक पानीको धारा र ह्यान्ड बास छुँदा ब्याक्टेरिया सर्न सक्ने जोखिम भएकाले खुट्टाले चलाउने प्रणालीबाट बनाईएको मेशिन सर्वसाधारणका लागि सहयोग गरिएको जनाए ।

Translate »