दैलेख उवासंका वरिष्ठ उपाध्यक्ष खत्रीद्वारा पदबाट राजीनामा


स्काई न्यूज / साउन १, सुर्खेत ।
दैलेख उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कविराज खत्रीले पदबाट राजीनामा दिएका छन् । उनले विहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत संघको उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । संघले आफ्नो राजीनामा स्वीकृत गरेपनि नगरेपनि आफुले भने पदमुक्त भएको स्वघोषणा गरेको उनको भनाई छ । ‘पद भन्दा ठूलो संस्था भएकाले आफुले त्यस पद अनुरुपको न्याय गर्न नसक्दा पदबाट राजीनामा दिएको हुँ,’ स्काई न्यूजसँग उनले भने, ‘फिलहाल वरिष्ठ उपाध्यक्ष पदबाट राजीनामा दिएपनि संस्थाको सदस्यका रुपमा अनवरतरुपमा काम गरि रहने छु ।’ उनले आफुलाई हालसम्म प्रत्यक्ष तथा अत्प्रयक्षरुपमा सहयोग पु¥याउने संघका अध्यक्षसहित सबै सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गरे । यद्यपि ! औपचारिक राजीना पत्र भने कार्यसमितिको आगामी बैठकमा पेश गर्ने उनको भनाइ थियो ।

Translate »